Headline

‘नेमार बिना पनि ब्राजिलले खेल्न सक्छ’

Published

on

ब्राजिलियन खेलाडी ग्याब्रियल जिजसले विश्वकप छनोट अन्तर्गत भेनेजुएला विरुद्ध हुने खेलमा ब्राजिलले स्टार खेलाडी नेमार जुनियर बिना पनि खेल्न सक्ने बताएका छन् ।

नेमार च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइपजिग विरुद्धको खेलमा ग्रोइनमा चोट लागे पछि पेरिस सेन्ट जर्माइनबाट पनि तीन खेल गुमाइसकेका छन् ।

ब्राजिलका समर्थकहरुलाई अझै पनि २०१४ को सेमीफाइनलमा नेमार नभएका कारण जर्मनीसँग लज्जास्पद हार बेहोरेको बुझाई छ । नेमार क्वार्टर-फाइनलमा कोलम्बिया विरुद्धको खेलमा धाडमा लागेको चोटका कारण २०१४ को विश्वकप  सेमीफाइनलको खेल गुमाएका थिए ।

तर ब्राजिल अघिल्लो कोपा अमेरिकामा पनि नेमार बिना खेलेको थियो र जितेको पनि थियो । त्यही कारण पनि फर्वार्ड ग्याब्रियल जिजस ब्राजिलले नेमार नभए पनि राम्रो खेल्ने अनुमान लगाउछन् ।

“राष्ट्रिय टोलीमा सधैं एकै खेलाडीको मात्र भर परेर हुन्न । सबैको उतिकै दाहित्व हुन्छ,” जिजस भन्छन् ।

“होला नेमार भए पछि हामी अली कती जितको नजिक हुन्थियौँ तर यहाँ सबै आफ्नो माटोलाई जिताउन आएका हौँ । यहाँ कोही कम छैन,”

जिजसले अघिल्ला दुई विश्वकप छनोटका खेलहरु इन्जुरीका कारण गुमाएका थिए ।

ब्राजिलले भेनेजुएलासँग शनिबार बिहान खेल्दै छ भने अर्को साता युरुग्वेसँग महत्वपूर्ण खेल खेल्ने छ ।

 

Click to comment

Trending