Headline

विश्वकप छनोटका लागि एएफसीले जारी गर्‍यो नयाँ मिती

Published

on

फिफा र एसियन फुटबल महासंघ (एएफसी) ले कोरोना भाईरसको बड्दो संक्रमणका कारण २०२१ सम्मका लागि स्थगित गरेका विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटका दोस्रो चरणमा रोकिएका खेलहरु जून १५ २०२१ भित्र खेलीसक्नु पर्ने निर्णय गरेको छ ।

जस्मा नेपालले म्याच डे सात र आठ अन्तर्गत खेल्न बाँकी चाइनिज ताइपेइ र अष्ट्रेलिया विरुद्धको खेल मार्च २०२१ सम्मा खेलिसक्नु पर्ने छ । र नेपालले खेल्ने म्याच डे ९ र १० का खेलहरु पनि जुन २०२१ सम्म खेलिसक्नु पर्ने छ ।

यस्तै एसियन क्वालिफायर्सको सम्पूर्ण खेलहरु २०२२ मार्च सम्म खेलिसक्नु पर्ने पनि एएफसीले जनाएको छ ।

२०२० मार्चको लागि दशरथ रङशलामा खेल्नका लागि तय भएको चाइनिज ताइपेइ र अष्ट्रेलियासँग खेल कोरोना भाईरसका कारण हुन नसके एएससीले पछि २०२० को अक्टोबर र नोभेम्बरका नयाँ मिती प्रस्ताव गरेको थियो । महामारी नाथामिए पछि फेरी फिफा र एसियाली फुटबल महासंघले अर्को वर्षको लागि सबै खेलहरु स्थगित गर्दै २०२१ का लागि सारेको थियो ।

नेपाल रहेको समुहमा चाइनिज ताइपेइ,अष्ट्रेलिया,जोर्डन र कुवेत रहेका छन् ।

नेपालले पहिलो चरणका सबै र दोस्रो चरणको पहिलो खेलमा कुवेतको सामना गरिसकेको छ ।

दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतबिरुद्धको घरेलु खेल दशरथ रङशाला तयार हुन नसकेपछि भुटानमा खेलेको थियो जहाँ नेपाल १–० ले हारेको थियो । नेपालले कुवेतमा भएको अवे खेलमा भने ७–० को लज्जास्पद पराजय बेहोरेको थियो ।

नेपालले समुहमा निकालेको एक मात्र जितमा अवे खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । यस्तै अष्ट्रेलियाबिरुद्धको खेलमा नेपालले ५–० ले पराजित भएको थियो भने जोर्डनसँग पनि ३–० ले पराजित हुन पुगेको थियो ।

समुहमा अष्ट्रेलिया हालसम्म चार वटै खेल जित्दै १२ अंक साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल तीन अंकसाथ चौथोमा रहेको छ ।

समान पाँच खेल खेलेका कुवेत र जोर्डनको १० अंक रहेको छ । कुवेत गोल अन्तरको आधारमा अगाडी रहेको छ । ८ वटा समुह रहेको दोश्रो चरणको छनोटमा पहिलो हुने टोली एसिया कप खेल्नेछ । यस्तै समुह बिजेता र उपबिजेताहरु मध्येको उत्कृष्ट चार टोली बिश्वकप छनोटको तेश्रो चरणमा पनि प्रवेश गर्नेछ ।

Click to comment

Trending