Headline

बिश्वकप छनोटका लागि ब्राजिल नेमारसहित थुप्रै खेलाडीको अनुपस्थितिले कमजोर

Published

on

यो साता २०२२ कतार बिश्वकप छनोट चरणमा ब्राजिललाई आफ्ना सुपरस्टार नेमार सहित चोटग्रस्त अन्य खेलाडीहरुको अनुपस्थितिको चिन्ताले सताउनेछ ।

कोपा अमेरिका बिजेता ब्राजिलले शुक्रबार साओ पाउलोमा भेनेजुएलाको सामना गर्दैछ । बोलिभिया र पेरुलाई पराजित गरेको ब्राजिल लगातार तीन खेल जित्ने दाउमा हुनेछ । तर ब्राजिलका लागि नेमार हुने छैनन् । बिश्वकै महँगा खेलाडी नेमारले गत महिना पेरिस सेन्ट जर्माइनका लागि च्याम्पियन्स लिगमा टर्किमा खेल्दा तिघ्रामा चोट बोकेका थिए ।

पेरुलाई ४–२ ले पराजित गर्दा २८ बर्षिय नेमारले ह्यट्रिक पुरा गर्दै ब्राजिलको लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको सुचीबाट रोनाल्डोलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएका थिए । ६४ गोल गरेका नेमार अब पेलेभन्दा मात्र १३ गोलले पछाडी रहेका छन् ।

घाइते भएपनि नेमार ब्राजिल टिमसँगै रहनेछन् र नोभेम्बर १७ मा उरुग्वेबिरुद्ध हुने खेलका लागि फिट हुने अपेक्षामा रहनेछन् । राष्ट्रिय टोलीका संयोजक जुनिन्हो पाउलिस्टाले पिएसजीका स्पोर्टिङ डिरेक्टर लियोनार्डोलाई ब्राजिलका प्रशिक्षक टिटेले आफ्ना “खेलाडीहरुको स्वास्थ्यमा कुनै खतरा नमोल्ने” बताएको जानकारी दिएका थिए ।

इङ्गल्याण्ड आएपनि डिफेण्डर थियागो सिल्भाले चेल्सीको रक्षापंक्तिलाई बलियो बनाएका छन् तर ३६ बर्षिय उनले लगातारको खेल तालिकाले खेलाडीहरुमा नकारात्मक प्रभाव पर्ने भन्दै शतर्क गराउदै आइरहेका छन् ।

“हामीले आफैलाई निरन्तर फर्ममा कायम गरिराख्नु पर्ने चुनौति छ । हामी केही खेलाडीहरु कोभिड–१९ ले गर्दा गुमाइरहेका छौं र अन्य केही धेरै खेलहरु खेलेको कारण । हामी मेसिन हौइनौं । पछिल्लो अध्ययनहरुले छोटो अन्तरलालमै चार–पाँच खेलहरु खेल्ने हो भने खेलाडी घाइते हुन्छन् नै । यो हाम्रो लागि टाउको दुखाई भएको छ,” सिल्भाले भने ।

ब्राजिलका लागि चोटबाट फर्कदै गोलकिपर एलिसन बेकर र ग्याब्रिएल जिजस खेल्नेछन् तर कासिमिरो, फेलिपे काउटिन्हो र फाबिन्हो भने हुने छैनन् ।

गोलीगाँठोको चोटसँग संघर्ष गर्दै मेस्सी

इक्वेडर र बोलिभियालाई सांघुरो अन्तरले हराएको अर्जेन्टिना लियोनेल मेस्सी पूर्ण रुपमा फिट भएर फर्कदै पराग्वे र पेरुबिरुद्ध खेल्ने आशामा हुनेछ । बार्सिलोना फर्वार्ड मेस्सीको गोलीगाँठो सुन्निएको छ र प्रशिक्षक लियोनेल स्कालोनी उनको बिकल्प खोजीरहेका छन् ।

अर्जेन्टिनाले पाब्लो डिबाला र सर्जियो अगुएरोलाई गुमाइसकेको छ तर एक बर्षमा पहिलो एन्जल डि मारियालाई टिममा बोलाइएको छ । लउतारो मार्टिनेज अग्रपंक्तिमै खेल्ने उच्च सम्भावना रहेको छ भने बोलिभियाबिरुद्ध ला पाजमा गोल गरेको कारण योआकिन कोरिआ पनि पहिलो रोजाइमा हुन सक्छन् ।

बायर लेभरकुसनका लागि पछिल्लो चार बुन्डेसलिगा खेलमा सात गोल गरेका लुकास अलारियोले पनि शुरुवाती ११ को लागि दाबेदारी दिएका छन् ।

इक्वेडरबिरुद्ध पहिलो लेगमा ४–२ ले पराजित भएको उरुग्वेपनि छनोटमा पुनरागमन गर्ने आशासहित कोलम्बियाबिरुद्ध खेल्नेछ । उरुग्वेका लागि मुख्य हतियार एट्लेटिको म्याड्रिडमा उच्च लय देखाइरहेका लुईस सुवारेज हुनेछन् ।

Click to comment

Trending