IPL

पहिलो पटक उपाधि जित्न दिल्लीले मुम्बईलाई १५६ रन भित्र रोक्न पर्ने

Published

on

खराब सुरुवात गरे पनि कप्तान श्रेयस ऐयर र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले अर्धशतक प्रहार गरे पछि १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल जित्नका लागि दिल्ली क्यापिटल्सले साबिक विजेता मुम्बई इन्डियन्सलाई १५७ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दिल्लीले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रनको मध्यम योगफल बनायो ।

अविजित रहेका दिल्लीका कप्तान श्रेयस ऐयरले ५० बलमा छ चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ६५ रन बनाए भने रिशब पन्तले पनि आक्रमक पारी खेल्दै ३८ बलमा चार चौका र दुई छक्काको मद्धतमा ५६ रनको पारी खेले ।

निकै नै खराब सुरुवात गरेको दिल्लीको लागि कप्तान श्रेयस ऐयर र रिशब पन्त दुबैले अर्धशतकीय पारी खेल्दै पारी सम्हालेका थिए । २२ रनमा तीन विकेट गुमाएको दिल्लीको पारी सम्हाल्ने क्रममा ऐयर र पन्तले चौथों विकेटका लागि ६९ बलमा ९६ रनको साझेदारी गरे ।

ओपनर मार्कस स्टोइनिस गोल्डेन डक आउट भए भने अर्का ओपनर शिखर धवनले पनि १५ रन भन्दा बनाउन सकेनन् । त्यस्तै तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्य रहाने र शिम्रोन हेट मायरले पनि क्रमश दुई र पाँच तथा अक्सर पटेलले पनि नौं रन भन्दा जोड्न सकेनन् ।

दिल्लीलाई मध्यम स्कोरमा रोक्ने क्रममा मुम्बईका ओपनर बलर ट्रेन्ट बोल्टले चार ओभरमा ३० रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।

दिल्लीले आजको खेलमा कुनै पनि परिवर्तन गरेको छैन । आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने मौका पाएनन् । उनले यस पटकको पुरै सिजन बेञ्चमा नै बिताउन बाध्य भए ।

मुम्बई पहिलो क्वालीफायरमा दिल्लीलाई नै तथा दिल्ली दोश्रो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।

दिल्ली पहिलो पटक फाइनल खेल्न लागेको हो । दिल्लीको सबैभन्दा राम्रो प्रदर्शन गत संस्करणमा रहेको थियो । गत बर्ष दिल्लीले तेश्रो स्थान हात पारेको थियो । चार पटक आईपीएलको उपाधि चुमेको मुम्बई भने छैठौं पटक फाइनल खेल्दै छ । यस अघि मुम्बईले पाँच मध्य चार पटक उपाधि पनि चुमेको थियो ।

मुम्बईले दिल्लीलाई यस अघि खेलेका तीन खेलमा नै पराजित गरेको थियो । दिल्लीलाई पहिलो क्वालीफायरमा ५७ रनले पराजित गर्दै मुम्बईले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस्तै दिल्ली समुह चरणको दुबै खेलमा मुम्बईसँग क्रमश पाँच र नौं विकेटले पराजित भएको थियो ।

दिल्ली र मुम्बई आईपीएलमा २७ पटक एक आपसमा भिड्दा मुम्बईले १५ तथा दिल्लीले १२ खेलमा जित हात पारेका छन् ।

Click to comment

Trending