अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा जिम्बाब्वे विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा क्लिन स्विप

Published

on

पाकिस्तानले जिम्बाब्वे विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि क्लिन स्विप गरेको छ । तेश्रो तथा अन्तिम खेलमा आठ विकेटले जित्दै घरेलु टोली पाकिस्तानले शृंखला ३-० ले आफ्नो पक्ष्यमा पारेको हो । पहिलो खेलमा छ विकेटको दर्ता गराएको पाकिस्तानले दोश्रो खेलमा जिम्बाब्वेलाई आठ विकेटले पराजित गरेको थियो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १२९ रन मात्र बनाउन सक्यो भने १३० रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको पाकिस्तानले १५ दशमलब दुई ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित हात पारेको हो ।

पाकिस्तानलाई सहज जित दिलाउने क्रममा ओपनर अब्दुल्लाह शफिक र खुशदिल शाह अविजित रहँदै क्रमश ३३ बलमा ४१ तथा १५ बलमा ३६ रनको पारी खेले । त्यस्तै अर्का ओपनर फखार ज़मान २१ तथा हैदर अली २७ रन बनाएर आउट भए ।

यस अघि जिम्बाब्वेलाई सस्तैमा रोक्ने क्रममा खेलको म्यान अफ द म्याच र प्लेयर अफ द सिरिज घोषित उस्मान कादिरले चार ओभरमा १३ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने इमाद वासिमले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

ज़िमबाब्वेका कप्तन चामु शिबाबाले ३१ तथा आठौँ नम्बरमा ब्याटिङ गर्न आएका डोनाल्ड तिरिपानोले २८ रन बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा सानो योगफलमा खुम्चिन पुग्यो ।

पाकिस्तानले जिम्बाब्वेसँगको एकदिवसीय शृंखलामा २-१ को जित हात पारेको थियो ।

Click to comment

Trending