IPL

मुम्बई विरुद्ध दिल्ली पहिले ब्याटिङमा

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा साबिक विजेता मुम्बई इन्डियन्स विरुद्ध दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

दिल्लीले आजको खेलमा कुनै पनि परिवर्तन गरेको छैन । आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने मौका पाएनन् । उनले यस पटकको पुरै सिजन बेञ्चमा नै बिताउन बाध्य भए ।

मुम्बई पहिलो क्वालीफायरमा दिल्लीलाई नै तथा दिल्ली दोश्रो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।

दिल्ली पहिलो पटक फाइनल खेल्न लागेको हो । दिल्लीको सबैभन्दा राम्रो प्रदर्शन गत संस्करणमा रहेको थियो । गत बर्ष दिल्लीले तेश्रो स्थान हात पारेको थियो । चार पटक आईपीएलको उपाधि चुमेको मुम्बई भने छैठौं पटक फाइनल खेल्दै छ । यस अघि मुम्बईले पाँच मध्य चार पटक उपाधि पनि चुमेको थियो ।

मुम्बईले दिल्लीलाई यस अघि खेलेका तीन खेलमा नै पराजित गरेको थियो । दिल्लीलाई पहिलो क्वालीफायरमा ५७ रनले पराजित गर्दै मुम्बईले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस्तै दिल्ली समुह चरणको दुबै खेलमा मुम्बईसँग क्रमश पाँच र नौं विकेटले पराजित भएको थियो ।

दिल्ली र मुम्बई आईपीएलमा २७ पटक एक आपसमा भिड्दा मुम्बईले १५ तथा दिल्लीले १२ खेलमा जित हात पारेका छन् ।

Click to comment

Trending