Headline

बङ्गलादेशमा नेपाली टोलीको प्रशिक्षण (फोटो फिचर)

Published

on

नेपाली राष्ट्रिय टोलीले बङ्गलादेश विरुद्ध हुने खेलको लागि आज धनमोंड़ी  खेल मैदानमा तेस्रो दिनको अभ्यास गरेको छ ।

नेपालले नोभेम्बर १३ र १७ मा दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

त्यस्तै एन्फाले किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ । बालगोपालको प्रशिक्षणमा नेपालले झण्डै एक बर्ष अगाडी दक्षिण एसियाली खेलकुद पुरुष फुटबलमा स्वर्ण पदक र बंगलादेशमा २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि हात पारेको थियो ।

राष्ट्रिय टोलीमा परेका खेलाडीहरु: बिशाल श्रेष्ठ,सुजल श्रेष्ठ,रन्जित धिमाल,सुमन अर्याल,नवयुग श्रेष्ठ,सेशेहाङ आङदाम्बे,जर्ज प्रिन्स कार्की,बिकास खवास,भरत खवास,सरोज दाहाल,सुबास गुरुङ,तेज तमाङ,अजित भण्डारी,रवी पसवान,छिरिङ्ग गुरुङ, अनन्त तमाङ, बिक्रम लामा,दिलेन लोक्तान,अन्जन बिष्ट,पुजन उपरकोटी,बिमल राना,दिप कार्की,एरिक बिष्ट,दर्शन गुरुङ,किरण चेम्जोङ (कप्तान)

 

तस्बिर:बिबेक सुवेदी / एन्फा

Click to comment

Trending