अन्तर्राष्ट्रिय

बिराट कोहलीलाई सुत्केरी बिदा

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीलाई भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले अस्ट्रेलिया विरुद्धको पहिलो टेस्ट पछि सुत्केरी बिदा दिने भएको छ ।

कोहलीकी श्रीमती अनुष्का शर्मा गर्भवती रहेकी छिन् । उनीहरुको बच्चाले जनवरीमा जन्म लिने भएका कारण बिराट आफ्नो पहिलो सन्तानको जन्मका समयमा अनुष्कासँग नै रहन चाहेका कारण उनलाई बिसीसीआईले सुत्केरी बिदा दिन लागेको हो । बिराट अस्ट्रेलियासँगको एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखला पछि पछिलो टेस्ट खेलेर भारत फर्कने छन् ।

त्यस्तै यस अघि टोलीमा अटाउन नसकेका रोहित शर्मालाई एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखलाका लागि बिश्राम दिइएको छ भने उनलाई टेस्ट टोलीमा समावेस गरिएको छ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा चोट बोकेका कारण यस अघि उनलाई टोलीमा समावेस गरिएको थिएन ।उनी अहिले चोट मुक्त भए पछि टेस्टका लागि टोलीमा स्थान दिइएको हो ।

त्यस्तै रिद्दीमन शाह घाइते भए पछि उनको स्थानमा सन्जु सामसनलाई तथा तिब्र गतिका बलर इशान्त शर्मालाई क्रमश एकदिवसीय र टेस्ट टोलीमा समावेस गरिएको छ ।

विराट कोहली नेतृत्वको भारतीय टोलीले अष्ट्रेलियामा समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय तथा चार म्याचको टेस्ट म्याचको शृंखला खेल्नेछ ।

भारतको भ्रमण नोभेम्बर २७ मा हुने पहिलो एकदिवसीयबाट शुरु हुनेछ । दोश्रो एकदिवसीय पनि सिड्नीमै नोभेम्बर २९ मा हुनेछ भने डिसेम्बर २ मा हुने तेश्रो खेल मनुका ओभलमा हुनेछ । यस्तै पहिलो ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय मनुका ओभलमै डिसेम्बर ४ मा हुनेछ । सिड्नीमा डेसेम्बर ६ र ८ मा दोश्रो र तेश्रो ट्वान्टी ट्वान्टी खेलहरु हुनेछन् ।

यस्तै दुई टोलीबीचको टेस्ट श्रंखला डिसेम्बर १७ देखि २१ सम्म एडिलेड ओभलमा हुनेछ । उक्त टेस्ट डे नाइटको रुपमा रहनेछ । मेलबर्न क्रिकेट ग्राउण्डमा दोश्रो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म हुनेछ भने ८ दिनको बिश्रामपछि २०२१ जनवरी ७ देखि ११ सम्म सिड्नीमा तेश्रो टेस्टको आयोजना हनेछ ।

अन्तिम टेस्ट गाबामा जनवरी १५ देखि १९ सम्म खेलाइनेछ ।

Click to comment

Trending