Headline

अष्ट्रेलियन बिग ब्याश लिगमा डेब्यु गर्दै आक्रमक जोनी बेयरस्टो

Published

on

इङ्गल्याण्डका जोनी बेयरस्टो अष्ट्रेलियन बिग ब्याश लिग (बिबिएल) मा डेब्यु गर्ने भएका छन् । बेयरस्टोले मेलबोर्न स्टार्ससँग यो सिजनका लागि सम्झौता गरेका छन् ।

बिबिएलको १० औं संस्करण डिसेम्बर १० देखि शुरु हुन गइरहेको छ । शुरुवाती खेलहरुमा मात्र सहभागिता जनाउन गइरहेका बेयरस्टो क्रिसमसपछि भने उपलब्ध नहुने भएका हुन् । इङ्गल्याण्डका लागि सबै फम्र्याटको क्रिकेट खेलेका आक्रमक ब्याट्स्म्यान बेयरस्टोले इण्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादका लागि खेलेका थिए ।

“मैले संसारमा जुन सुकै कुनामा भएपनि बिबिएल हेर्दै आइरहेको छु र अहिले यसको एक अंक हुन पाउदा मलाई निकै खुशी लागेको छ । मेलर्बन बिबिएलको ठूलो क्लबहरुमध्ये पर्दछ जुन सधै फाइनलको दाबेदार हुने गर्छ,” बेयरस्टोले भने ।

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले महत्वपूर्ण योगदान गर्दा मेलबर्न गत सिजनको फाइनल प्रवेश गरेको थियो । सन्दिप यसपटक भने मेलबर्नको टोलीमा हुने छैनन् । मेलबर्न प्रशिक्षक डेविड हस्सीले बेयरस्टोको आगमन फ्रान्चाइजका लागि निकै सुखद रहेको बताउछन् ।

“बेयरस्टो पछिल्लो एक दशकदेखि नै निकै राम्रो क्रिकेट खेलिरहेका छन् । उनले हाम्रो टोलीलाई अझै सशक्त बनाउनेछन्,” हस्सीले भने ।

यो सिजनदेखि बिग ब्याशमा एक टिमले दुईको ठाँउमा तीन बिदेशी खेलाडी खेलाउन पाउनेछन् । दुई महिने बिबिएलका लागि सहमति गर्ने बेयरस्टो इङ्गल्याण्डका सातौं खेलाडी हुन् ।

उनी बाहेक जेसन रोय र लियम लिभिङ्गस्टोन (पर्थ स्कोर्चर्स), डाविड मलन (होबार्ट हुरिकेन्स), एलेक्स हेल्स (सिड्नी थण्डर), टम बेन्टन (ब्रिस्बेन हिट) र टम करन (सिड्नी सिक्सर्स) पनि बिबिएल खेल्ने भइसकेका छन् ।

Click to comment

Trending