Headline

श्रेयसका लागि आईपिएल फाइनल ‘बेस्ट फिलिंग एभर’

Published

on

दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयर टोली पहिलो पटक आइपीएलको फाइनलमा पुगे पछि चन्द्रमामा पुगेको जस्तो देखिन्थे । सनराइजर्स हैदराबादलाई दोश्रो क्वालिफायरमा १७ रनले हराए पछि कप्तान श्रेयस निकै खुशी हुँदै मैदन यता उता डुलिरहे ।

आफ्नो कारीयरमा धेरै उतार चढाव देखेका श्रेयसले आफ्नो टोलीले अन्तिम समयसम्म खेलमा दृढ संकल्प देखाएकोमा धन्यवाद पनि दिए । दिल्लीले समुह चरणको ९ मध्ये सात खेलमा राम्रो प्रदर्शन गर्दै शिर्ष स्थान कब्जा गरेको थियो ।

तर अन्तिमको चार खेलमा लगतार हार खाएको दिल्लीले दोश्रो क्वालिफायरमा भने बाजी मार्यो । आईपिएल इतिहासमै पहिलो फाइनल पुगेको दिल्ली अब पहिलो उपाधिको लागि साबिक बिजेता मुम्बई इन्डियन्सको समाना गर्ने छ । क्वालिफायर्समा सनराइजर्सलाई हराएपछि खुशी देखिएका श्रेयसलाई आइपिएलको फाइनल पुग्नु जिन्दगी उत्कृष्ट क्षण मान्छन् ।

“बेस्ट फिलिंग एभर । हाम्रो यो उकालो ओरालोको यात्रा सहज थिएन तर हामी एक परिवार हौ । म हाम्रो खेलाडीहरुले देखाएको प्रयास प्रति निकै खुशी छु,” उनले भने ।

दिल्लीका लागि नेपाली खेलाडी सन्दिप लामिछानेले भने अहिले सम्मको खेलमा स्थान बनाउन सकेका छैनन् ।

Click to comment

Trending