Headline

‘लेट ड्रामा’ पछि फरक परिणाम अँगालेका एसि मिलान र युभेन्टस

Published

on

दुई बर्ष अघि रोनाल्डोको आगमनका कारण इटालियन सिरी आ ले जति ध्यान आकर्षित गर्न सकेको थियो, ज्लाटन इब्राहिमोभिचले त्यसमा अझै रोमाञ्चकता थपेका छन् । ज्लाटन ३९ बर्षका भइसकेका छन् तर उनलाई गोल गर्नबाट रोक्न अझै पनि गाह्रो नै छ ।

उनले यो सिजन मात्रै पनि ८ गोल गरिसकेका छन् भने उनको टोली एसी मिलान अझै पनि अंक तालिकाको शिर्ष स्थानमा कायमै रहेको छ । कोरोना संक्रमणका कारण केही खेलका लागि रोनाल्डोलाई गुमाउदा लगातार ९ पटकको बिजेता युभेन्टस भने अहिले सातौं चरणका खेलहरु समाप्त हुदा १३ अंक सहित पाचौं स्थानमा रहेको छ । दुवै टोली हालसम्म अपराजित रहे पनि युभेन्टसले चार वटा बराबरी खेलिसकेका छन् ।

आइतबार पनि युभेन्टस र मिलानले बराबरी खेल्दा नाटकीय अन्त्यपछि अंक तालिकामा बिशेष प्रभाव परेको छ । के भयो गत साता इटालियन सिरी आ मा ?

एसी मिलान २–२ हेलास भेरोना

सिजनको पहिलो हारतर्फ अग्रसर देखिएको एसि मिलानलाई जोगाउने काम ज्लाटनले नै गरेका थिए । उनले ९२ औं मिनेटमा गोल गरेपछि खेल २–२ गोलको बराबरी टुङ्गियो । आइतबारको खेलमा दुई आत्मघाती गोल रहेका थिए तर ज्लाटनको गोलले खेल नाटकीय रुपमा बराबरीमा सक्कियो ।

मिलानमै खेलेको भेरोना १९ मिनेटमा नै दुई गोलले अघि बढेको थियो । २७ औं मिनेटमा भेरोनाको तर्फबाट आत्मघाती गोल भयो भने बाकी समय मिलानले नै दवाब कायम राख्यो । मिहिनेतको फल ज्लाटनले खेलको अन्त्यमा पाए ।

लाजियो १–१ युभेन्टस

युभेन्टस अहिले न शिर्ष स्थानमा छ न त माथिल्लो चार स्थान मै । लाजियोसँग भएको बराबरी जस्तै आन्द्रे पिर्लोको टोलीले यो सिजन यस्तो परिणाम चार वटा निकालिकेको छ । त्रिष्चियानो रोनाल्डोले १५ औं मिनेटमा युभेन्टसलाई अग्रता दिलाएपनि फेलिपे साइसेडोले ९४ औं मिनेटमा लाजियोको लागि बराबरी गोल गरेका थिए । अन्तर्राष्ट्रिय बिरामपछि लिग शुरु हुदा युभेन्टस मिलान भन्दा चार अंकले पछि हुनेछ ।

एट्लान्टा १–१ इन्टर मिलान

उपाधि दाबेदारहरुको कुरा गर्ने हो भने इन्टर मिलान लगातार अंक गुमाइरहेको छ । लौतारो मार्टिनेजले इन्टरलाई अग्रता दिलाएपनि उसले अग्रता जोगाउन असफल रहेको थियो । ७९ औं मिनेटमा एट्लान्टाले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । एट्लान्टा छैटौं स्थानमा छ भने इन्टर अझै एक स्थान तल रहेको छ । यो इन्टरले चाहेको परिणाम थिए ।

Click to comment

Trending