Headline

भ्यालेन्सियासँग चार खादा रियल म्याड्रिडको तीन पेनाल्टी, एक आत्मघाती गोल उपहार

Published

on

२०१८ को अक्टोबरमा बार्सिलोनाले पाँच गोल हाने यता रियल म्याड्रिडले स्पेनिस ला लिगामा यति धेरै गोल खाएकै थिएन । तर आइतबार रियल निकै खराब शुरुवात गरेको भ्यालेन्सियासँग ४–१ ले पराजित हुन पुग्यो जसमा चार गोल नै डिफेन्डिङ्ग च्याम्पियनको उपहार थियो ।

भ्यालेन्सियाले तीन पेनाल्टी पायो र कार्लोस सोलरले सबैमा गोल गर्दै ह्याट्रिक गरे भने अर्को एक गोल आत्मघाती रहेको थियो । यसै बर्ष माथिल्लो श्रेणीमा उक्लिएको काडिज र च्याम्पियन्स लिगमा सख्तर दोनेस्कसँगको अप्रत्याशित हारपछि सम्हालिदै बार्सा, हुवेस्का र इन्टर मिलानलाई हराएको इन्टर शिर्ष स्थानको रियल सोसिडाड भन्दा चार अंकले पछि परेको छ ।

करिम बेन्जेमाले मेस्टाला स्टेडियममा रियललाई २२ औं मिनेटमै अग्रता दिलाए त्यसपछि उनको टोलीको खराब समय शुरु भयो । ८ मिनेटपछि नै भ्यालेन्सियाले पेनाल्टी पायो । सोलारले पहिलो प्रहार गर्दा थिबाउ कोर्ट्वा लाइनबाट बाहिर आएपछि फेरि हान्न लगाइएको थियो । सोलर सफ भए । उनले ३५ औं मिनेटमा पनि अर्को पेनाल्टीको सदुपयोग गरे ।

म्याड्रिडको दिन यति खराब थियो कि ४३ औं मिनेटमा भ्यालेन्सियाले पोस्टमा आक्रमण बुनिरहदा सर्जियो रामोसले डिफेन्ड गर्दै गरेको राफेल भारानेको हातमा लागेर आत्मघाती गोल भयो । खेलको अन्त्यपनि सोलरकै पेनाल्टीबाट भयो ।

“यहाँ हारको कुनै बहान अथवा र ढांकछोप गर्ने ठाँउ नै छैन । यो एउट खराब खेल र खराब दिन थियो । हामीसँग जे पनि हुन पुग्यो,” प्रशिक्षक जिनेदिन जिदानले खेलपछि भने । खेल शुरु हुनु अघि १७ औं स्थानमा रहेको भ्यालेन्सिया जितपछि १२ औं स्थानमा उक्लिएको छ ।

आइतबार नै भएका अन्य खेलरुमा रियल सोसिडाड ग्रानडालाई २–० ले पराजित गर्दै शिर्ष स्थानमा उक्लियो । यस क्रममा सोसिडाडले भिलारियला र एट्लेटिको म्याड्रिडलाई पछि पार्यो । भिलारियालले पनि गेटाफेलाई ३–१ ले पराजित गरेको थियो । रियल भालाडोलिडले एथ्लेटिक बिल्बाओलाई २–१ ले हरायो भने लेभान्ते र आलाभेसले १–१ गोलको बराबरी खेलेका थिए ।

Click to comment

Trending