Headline

डि ब्रुन पेनाल्टीमा चुक्दा लिभरपुलसँग बराबरीमा रोकियो सिटी

Published

on

प्रिमियर लिग अन्तर्गत भएको साताकै ठुलो खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले १-१ को बराबरी खेलेका छन् ।

इतिहाद स्टेडियममा भएको खेलमा लिभरपुलले पहिलो गोल गरेको थियो । साडियो मानेलाई सिटीका डिफेन्डर कायल वाल्करले लडाए पछी खेलको १३ औँ मिनेट लिभरपुलले पेनाल्टी पाएको थियो । जस्मा लिभरपुलका लागि मोहमेद सालाहले गोल गरेका थिए ।

खेलको ३१ औँ मिनेटमा भने सिटीले खेलमा बराबरी गरेको थियो । सिटीका लागि गाब्रियल जेसुसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।
४२ औँ मिनेटमा भने सिटले अगरता लिने मौका गुमायो । लिभरपुलका डिफेन्डर जो गोमेजले डि बक्समा ह्यान्डबल गरे पछी पाएको पेनाल्टीलाई केविन डि ब्रुनाले गोल गर्न सकेनन् ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने कुनै गोल भएनन् ।

बराबरीसँगै लिभरपुल १७ अंक सहीत तेस्रो स्थानमा रहेको छ भने लेस्टर सिटी १८ अंक सहित पहिलो स्थानमा छ । सिटी भने १२ अंक सहित ११ औँ स्थानमा छ ।

अन्य खेलहरुमा भने टोटनह्यामले वेष्ट ब्रोमलाई र लेस्टरले वुल्भ्सलाई १-० ले पराजित गरेका छन् ।

Click to comment

Trending