Headline

इतिहास रच्दै दिल्ली आईपीएलको फाइनलमा

Published

on

इतिहास रच्दै दिल्ली क्यापिटल्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेस गरेको छ ।

कागिसो रबाडाले १९ औं ओभरमा तीन विकेट तथा मार्कस स्टोइनिसले उत्कृस्ट बलिङ गरे पछि दिल्लीले दोश्रो क्वालिफायरमा सनराईजर्स हैदराबाद माथि १७ रनको रोमान्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो पटक आईपीएल फाइनल पुगेको दिल्लीले उपाधिका लागि मंगलबार मुम्बई इन्डियन्सको सामना गर्ने छ ।

जितको लागि १९० रनको लक्ष्य पक्ष्याएको हैदराबादले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १७२ रन मात्र बनाउन सक्यो ।

हैदरबादले खासै राम्रो सुरुवात गर्न सकेन । कप्तान डेभिड वार्नर दुई रन बनाएर आउट भए भने अर्का ओपनर प्रियम गर्गले पनि १७ रन भन्दा जोड्न सकेनन् । मनिष पाण्डे २१ तथा जेसन होल्डर ११ रन बनाएर आउट हुँदा दिल्ली जित तर्फ बढ्यो । तर केन विलियमसन र अब्दुल सामदले हैदराबादलाई जित तर्फ लिएर गए । तर विलियमसन र सामद क्रमश ४५ बलमा पांच चौका र चार छक्काको मद्धतमा ६७ तथा १६ बलमा ३३ रन बनाएर आउट भए ।

अन्तिम दुई ओभरमा जितका लागि हैदराबादलाई ३० रन चाहिएको भए पनि कागिसो रबाडाले एकै ओभरमा तीन विकेट लिए पछि दिल्लीको जित सुनिश्चित भएको हो ।

दिल्लीका रबाडाले सर्वाधिक चार तथा मार्कस स्टोइनिसले तीन विकेट हात पारे ।

यस अघि शेख जायद रंगशाला, अबुधबीमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १८९ रन बनायो ।

दिल्लीको लागि आज ओपनिङमा आएका मार्कस स्टोइनिस र धवनले पहिलो विकेटका लागि आठ दशमलब दुई ओभरमा ८६ रनको साझेदारी गर्दै आक्रमक सुरुवात दिए । २७ बल खेल्दै ३८ रन बनाएका स्टोइनिस रशिद खानको बलमा आउट भए । त्यस्तै तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान श्रेयस ऐयरले पनि २० बलमा २१ रनको पारी खेल्दै पेभेलियन फर्किए ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका शिम्रोन हेटमायरले धवनसँग मिलेर तेश्रो विकेटको लागि २८ बलमा ५२ रनको साझेदारी गरे । ५० बलको सामना गरेका धवन छ चौका र दुई छक्काको मद्धतमा ७८ रन बनाएर सन्दिप शर्माको बलमा एलबीडब्लुको धरापमा परे । २२ बलमा चार र एक छक्का सहित ४२ रन बनाएका हेटमायर र दुई रन बनाएका रिशब पन्त अविजित रहे ।

आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने मौका पाएनन् । यस सिजन सन्दिपले समुह चरणका १४ खेल र पहिलो क्वालिफायरमा पनि बेञ्चमा नै बिताएका थिए ।

यस अघि पहिलो लेगमा हैदराबादसँग १५ रनले पराजित भएको दिल्लीले दोश्रो लेगमा ८८ रनको लज्जास्पद हारको सामना गरेको थियो ।

Click to comment

Trending