अन्तर्राष्ट्रिय

पाकिस्तान विरुद्ध पहिलो जितको खोजीमा जिम्बाब्वे

Published

on

घरेलु टोली पाकिस्तान र जिम्बाब्वे बीचको दोश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल आज हुँदैछ । रावलपिन्डीमा हुने खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।

हाल सम्म ट्वान्टी ट्वान्टीमा १२ पटक पाकिस्तान विरुद्ध खेल्दा जिम्बाब्वेले सबै खेलमा हारको सामना गरेको छ । आजको खेलमा जित निकाल्दै जिम्बाब्वे पाकिस्तान माथिको जितको खडेरी अन्त्य गर्ने सुरमा हुनेछ भने पाकिस्तान भने शृंखला माथि कब्जा जमाउने दाउमा रहेको छ ।

तीन खेलको शृंखलामा पाकिस्तान १-० ले अघि रहेको छ । कप्तान बाबर अजामले अर्धशतकको मद्धतमा हिजो सम्पन्न पहिलो ट्वान्टी ट्वान्टीमा पाकिस्तानले जिम्बाब्वेलाई छ विकेटको अन्तरले पराजित गरेको थियो ।

जितका लागि १५७ रनको लक्ष्य सहित ब्याटिङमा आएको पाकिस्तानले १८ दशमलब पाँच ओभर खेल्दै चार विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

पाकिस्तानको जितमा ओपनिङमा ब्याटिङ गर्न आएका अजामले ५५ बलको सामना गर्दै नौं चौका र एक छक्काको मद्धतमा सर्वाधिक ८२ रन बनाए भने मोहम्मद हफिजले पनि ३२ बलमा ३६ रनको योगदान दिए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रन बनायो ।

जिम्बाब्वेको तर्फबाट अविजित रहेका वेस्ली माधेवेरेले सर्वाधिक ७० रन बनाए । तेश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेल्दै आफ्नो पहिलो अर्धशतक प्रहार गरेका वेस्लीले नौं चौका र एक छक्का प्रहार गरे । वेस्ली बाहेक जिम्बाब्वेको तर्फबाट सिन विलियम्सले २५ तथा ओपनर ब्रेन्डन टेलरले २० रनको योगदान दिए भने ।

पाकिस्तानका ह्यारिस रौफ र वहाबा रियाजले समान २-२ विकेट हात पारे ।

हालै सम्पन्न तीन खेलको एकदिवसीय शृंखला पाकिस्तानले २-१ ले जितेको थियो । लगातार पहिलो दुई खेलमा क्रमश २६ रन र छ विकेटको जित हात पारेको पाकिस्तान तेश्रो तथा अन्तिम खेलमा भने सुपर ओभरमा पराजित हुन पुगेको थियो ।

 

Click to comment

Trending