Headline

‘जियच चेल्सीका लागि मुख्य खेलाडी हुनेछन्’

Published

on

चेल्सीका प्रशिक्षक फ्रान्क लामपार्डले सेफिल्ड युनाइटेड विरुद्धको खेल ४-१ ले जिते पछि विङर हकिम जियचको तारिफ गर्दै उनको खेल “सम्झनलायक” रहेको बताएका छन् ।

४ सय ५९ मिनेट पछि पहिलो गोल खाएको चेल्सीले एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै सेफिल्डलाई चार गोल हानेको थियो । ट्यामी अब्राहम, बेन चिलवेल, थीयागो सिल्वा र टिमो वेर्नरको गोलको मद्धतमा चेल्सीले शिर्ष स्थानमा रहेको साउथह्याम्प्टन र लिभरपुललाई पछ्याउदै तेस्रो स्थानमा उक्लिएको थियो ।

तर यो खेलमा चेल्सीका लागि गोल नगरे पनि मुख्य नायक थिए हकिम जियच । दुई असिस्ट र ६ मौका बनाएका जियच सेफिल्ड विरुद्धको खेलको म्यान अफ द म्याच थिए ।आयाक्सबाट प्रिमियर लिग आएका जियचलाई चेल्सीले मात्र ३० मिलियन पाउन्डमा भित्र्याएको थियो । २०१९ को समर विन्डोमा बार्सिलोनाको ७० मिलियनको प्रस्तावलाई नकारेका जियच २०१९ को जनवरी विन्डोमा भने चेल्सी आएका थिए ।

“हामीले जियच विरुद्ध अघिल्लो सिजन च्याम्पियन्स लिगमा खेलेका थियौ । उनी निकै प्रभावशाली खेलाडी हुन,” लामपार्डले भने । “डच लिग सक्काएर आए पनि उनलाई पहिलो खेलमै चोट लाग्यो र केही समय मैदान बहिर पनि रहे । तर आज सम्मको खेल हेर्ने हो भने उनको हरेक प्रदर्शन सम्झनलायक छन् ।”

“उनी चेल्सीका लागि निकै महत्वपूर्ण खेलाडी हुने छन्। जसले चेल्सीलाई उस्को स्तरमा पुराउन मद्धत गर्ने छ ।”

जियचले चेल्सीका लागि दुई गोल गर्नुका साथै ४ असिस्ट पनि गरिसकेका छन् ।

Click to comment

Trending