Headline

प्रिमियर लिग:साताको ठुलो खेलमा आज म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै

Published

on

प्रिमियर लिग अन्तर्गत आज हुने खेलमा साविक बिजेता लिभरपुलले म्यानचेस्टर सिटीको सामना गर्दै छ ।

सिटीको घर ईतिहादमा हुने खेलमा तेस्रो स्थानमा रहेको लिभरपुललाई खेल जित्दै शिर्ष स्थानमा उक्लिने मौका हुने छ ।

पछिल्ला तीन खेलहरु हेर्ने हो भने सिटीले कुनैमा हार बेहोर्नु परेको छैन ।

चोटका कारण मुख्य खेलाडीहरु गुमाएको लिभरपुलका लागि भने यो खेल त्यती सजिलो भने हुने छैन । भर्जिल भान डाइक र फाबिन्होलाई लागेका चोटका कारण लिभरपुलले उतार्दै आएका कम अनुभवी युवा खेलाडीहरुको फाईदा उठाउन सके सिटीले यो खेलमा तीन अंक जोड्ने छ ।

नयाँ अनुबन्धित खेलाडी डिएगो जोटाको फमले पनि लिभरपुललाई सिटीसँग ठुलो जितको आशा हुने छ ।

प्रिमियर लिगमा राम्रो सुरुवात गर्न नसकेको सिटीले यो खेलमा पनि हार बेहोर्ने हो भने उपाधि दौडको आशामा थोरै भए पनि धक्का लाग्ने छ ।

सिटीको अट्याकलाई लिभरपुलको यो युवा डिफेन्सले रोक्न सकेमा लिभरपुल शिर्ष स्थानमा उक्लिने छ ।

दुवैले आफ्नो अघिल्ला खेलहरुमा राम्रो प्रदर्शन गरे पनि यो खेलमा भने कस्ले बाजी मार्ने हो भन्न सकिदैन ।

सिटीका लागि मुख्य खेलाडी सर्जियो कुन अगुएरो चोटका कारण मैदान बाहिर हुने छन् भने केविन डे ब्रुन मैदान फर्किने छन् ।

लिभरपुलका लागि पुरानो चोट बाहेक अन्य खेलाडीमा समस्या देखिएको छैन ।

यो खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा वेष्ट ब्रोमले टोटनह्याम,लेस्टर सिटीले वुल्भ्स र आर्सनलले एस्टन भिल्लाको सामना गर्ने छ ।

 

 

Click to comment

Trending