Headline

फेरी चुक्यो डर्ट्मण्ड,रोमान्चक खेलमा बायर्नसँग पराजित

Published

on

यस सिजनको पहिलो डेर क्लासिकेरमा बोरुसिया डर्ट्मण्ड बायर्न म्युनिखसँग ३-२ ले पराजित भएको छ ।

बुन्डेसलिगाको शिर्ष स्थानको लागि भएको खेलमा बोरुसिया डर्ट्मण्ड म्युनिखसँग पराजित हुन पुगेको हो । डर्ट्मण्डका लागि खेलमा मर्को रुएस र एर्लिङ हल्याण्डले गोल गरेका थिए भने बायर्नका लागि डेभिड अलबा,रोबर्ट लेवानडस्की र लेरोय सानेले गोल गरेका थिए ।

खेलमा पहिलो गोल डर्ट्मण्डका लागि मार्को रुएसले गरेका थिए । उनले ४५ औँ मिनेटमा गोल गर्दै डर्ट्मण्डलाई १-० को अग्रता दिलाएका थिए तर त्यस्को तीन मिनेट पनि नबित्दै पहिलो हाफको इन्जुरी समयमा बायार्नले बराबरी गोल फर्काएको थियो । बायर्नका लागि डेभिड अलबाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफ अझै रोमन्चक भएको थियो । दोस्रो हाफको ४८ औँ मिनेटमाइ बायर्नले खेलमा अग्रता लिएको थियो । बायर्नका लागि यो पटक भने रोबर्ट लेवानडस्कीले गोल गरेका थिए । ८० औँ मिनेटमा बायर्नले अर्को गोल गरेको थियो । बायर्नका लागि लिरोय सानेले गोल गर्दै खेल ३-१ को स्थितीमा पुराएका थिए ।

८३ औँ मिनेटमा भने डर्ट्मण्डले खेलमा फर्किने जस्तो गर्दागर्दै एर्लिङ हल्याण्डले गोल गरेका थिए । यो गोल पछी डर्ट्मण्डले खेलमा फर्किन धेरै कोशिष गरेको थियो तर एक गोल गर्न नसक्दा डर्ट्मण्ड पराजित हुन पुगेको थियो ।

जितसङै बायर्न १८ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ भने १५ अंकका अड्किएको डर्ट्मण्डलाई उछिन्दै आरबी लाइपजिग १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

हिजै भएका अन्य खेलहरुमा हेर्था बर्लिनले औसबर्गलाई ३-०,आरबी लाइपजिगले फ्रीबर्गलाई ३-० र युनियन बर्लिनले अर्मिनालाई ५-० ले हराएको छ ।

 

Click to comment

Trending