Headline

प्रिमियर लिग: चेल्सीको सानदार जित,लिड्सले खायो क्रिस्टल प्यालेसको चार गोल

Published

on

प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई ४-१ ले हराएको छ ।

खेलमा पहिलो गोल सेफिल्ड युनाइटेडके गरे पनि चेल्सीले एक गोलले पछि परेको स्थितीलाई उल्टाउदै चार गोल गरेको थियो ।

चेल्सीका लागि ट्यामी अब्रहाम,बेन चिलवेल,थियागो सिल्वा र टिमो वर्नरले गोल गरेका थिए । सेफिल्डका लागि भने डेभिड म्याकगोल्ड्रिकले एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल सेफिल्डले नवौँ मिनेटमा गरेको थियो । सेफिल्डका लागि पहिलो गोल डेभिड म्याकगोल्ड्रिकले गरेका थिए । २३ औँ मिनेटमा भने चेल्सीका लागि ट्यामी अब्रहामले बराबरी गोल गरेका थिए । अब्रहामको बराबरी गोल पछि ३४ औँ मिनेटमा चेल्सीले अर्को गोल गर्दै खेलमा अग्रता लिएको थियो । चेल्सीका लागि यो पटक भने हाकिम जियाचको पासमा बेन चिलवेलले गोल गरेका थिए ।

पहिलो हाफमा २-१ को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अर्को दुई गोल थप्यो । ७७ औँ मिनेटमा चेल्सीका लागि थियागो सिल्वाले हेडिङ मार्फत गोल गरेका थिए ।

८० औँ मिनेटमा भने चेल्सीका लागि टिमो वर्नरले गोल गर्दै खेल ४-१ को स्थितीमा पुराएका थिए ।

जितसँगै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने सेफिल्ड युनाइटेड अन्तिम स्थानमा झरेको छ ।

यस्तै अर्को खेलमा लिड्स युनाइटेडलाई क्रिस्टल प्यालेसले ४-१ को नमिठो हार चखाएको छ ।

खेलमा लिड्स युनाइटेडका लागि प्याट्रिक बामफोर्डले पहिलो गोल गरे पनि प्यालेसले एक गोलको अग्रतालाई उल्टाउदै चार गोल ठोकेको थियो ।

प्यालेसका लागी पहिलो हाफमा तीन गोल भएका थिए । स्कट डानले १२ औँ र २२ औँ मिनेटमा एबेर्ची एजेले फ्रिकिक्कमा उत्कृष्ट गोल गर्नु बाहेक ४२ औँ मिनेटमा एक गोल उपहार पाएको थियो । लिड्सका लागि ४२ औँ मिनेटमा हेल्डर कोस्टाले अत्मघाति गोल गरेका थिए ।

यस्तै दोस्रो हाफमा भने प्यालेसले अन्तिम तथा चौथोँ गोल गर्‍यो । प्यालेसका लागि जोर्डन अयुले गोल गर्दै ४-१ को सहज जित दिलाएका थिए ।

Click to comment

Trending