Headline

एवर्टनको लगतार तेस्रो हार, युनाइटेड बिजयी

Published

on

ब्रुनो फर्नानडेजको दुई र एडीसन काभानीको एक गोलको मद्धतमा म्यानचेस्टर युनाइटेडले एवर्टनलाई गूडीसन ३-१ ले हराएको छ ।

खेलमा पहिलो गोल एवर्टनले गरेको थियो । खेलको १९ औँ मिनेटमै एवर्टनका लागि बेर्नार्डले गोल गर्दै १-० को अग्रता दिएका थिए ।

२५ औँ मिनेटमा भने युनाइटेडले खेलमा बराबरी गोल गरेको थियो । युनाइटेडका लागि ब्रुनो फर्नानडेजले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । युनाइटेडका लागि दोस्रो गोल पनि ब्रुनोले ३२ औँ मिनेटमा गरेका थिए । उनले मर्कस रासफोर्डलाई निकालेको क्रस सिधै गोल हुन पुगेको थियो ।

पहिलो हाफमा २-१ को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा भने अर्को एक गोल थपेको थियो । युनाइटेडका लागि ९० मिनेट पछि थपिएको इन्जुरी टाइममा बेन्चबाट आएका एडीसन कभानीले गोल गर्दै ३-१ को जित सुनिश्चित गराएका थिए ।

एवर्टनको यो लगतार तेस्रो हार हो । घरमा हुने खेलमा पराजित हुँदै आएको युनाइटेडले भने अवे खेलहरुमा भने पराजित भएको छैन ।

जितसँगै युनाइटेड अंक तालिकाको १३ औँ स्थानमा उक्लिएको छ ।

आजै हुने अर्को खेलमा क्रिटल प्यालेस र लिड्स युनाइटेड,सेफिल्ड युनाइटेड र चेल्सी भिड्दै छन् ।

 

Click to comment

Trending