अन्तर्राष्ट्रिय

कप्तान अजाममा जिम्बाब्वे माथि पाकिस्तान विजयी  

Published

on

कप्तान बाबर अजामको अर्धशतकको मद्धतमा पाकिस्तानले जिम्बाब्वे माथि पहिलो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा छ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । यस जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता कायम गरेको छ ।

जितका लागि १५७ रनको लक्ष्य सहित ब्याटिङमा आएको पाकिस्तानले १८ दशमलब पाँच ओभर खेल्दै चार विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

पाकिस्तानको जितमा ओपनिङमा ब्याटिङ गर्न आएका अजामले ५५ बलको सामना गर्दै नौं चौका र एक छक्काको मद्धतमा सर्वाधिक ८२ रन बनाए भने मोहम्मद हफिजले पनि ३२ बलमा ३६ रनको योगदान दिए ।

पाकिस्तानका ओपनर फखार ज़मान १९ तथा हैदर अली सात रनमा आउट हुँदा खराब सुरुवात गरेको पाकिस्तानको लागि खेलको म्यान अफ द म्याच घोषित अजाम र हफिजले तेश्रो विकेटका लागि ८० रन जोड्दै जित नजिक पुर्याए । अजाम १४२ रनको र हफिज १५६ रनको अवस्थामा आउट भए पनि खुशदिल शाहले अविजित पाँच रन जोड्दै पाकिस्तानको जित सुनिश्चित गराए ।

जिम्बाब्वेका ब्लेसिङ मुज़राबाणीले सर्वाधिक दुई विकेट हात पारे ।

यस अघि रावलपिन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रन बनायो ।

जिम्बाब्वेको तर्फबाट अविजित रहेका वेस्ली माधेवेरेले सर्वाधिक ७० रन बनाए । तेश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेल्दै आफ्नो पहिलो अर्धशतक प्रहार गरेका वेस्लीले नौं चौका र एक छक्का प्रहार गरे ।

वेस्ली बाहेक जिम्बाब्वेको तर्फबाट सिन विलियम्सले २५ तथा ओपनर ब्रेन्डन टेलरले २० रनको योगदान दिए भने । ओपनिङमा ब्याटिङ गर्न आएका जिम्बाब्वेका कप्तान चामु सिबाबा शुन्य, रायन बर्ल आठ तथा सिकन्दर राजा सात रन बनाएर पेभेलियन फर्किए ।

त्यस्तै जिम्बाब्वेको पारीको अन्तिम बलमा आउट भएका एल्टन चिगमबराले पनि १३ बल खेल्दै दुई चौका र एक छक्काको मद्धतमा २१ रनको पारी खेले ।

पाकिस्तानका ह्यारिस रौफ र वहाबा रियाजले समान २-२ विकेट हात पारे ।

पाकिस्तान र जिम्बाब्वे बीचको दोश्रो ट्वान्टी ट्वान्टी खेल भोली रावलपिन्डीमा नै हुनेछ ।

हालै सम्पन्न तीन खेलको एकदिवसीय शृंखला पाकिस्तानले २-१ ले जितेको थियो । लगातार पहिलो दुई खेलमा क्रमश २६ रन र छ विकेटको जित हात पारेको पाकिस्तान तेश्रो तथा अन्तिम खेलमा भने सुपर ओभरमा पराजित हुन पुगेको थियो ।

 

Click to comment

Trending