राष्ट्रिय

क्यानको बोर्ड बैठकले खेलाडी बर्गिकरण सच्चायो, राष्ट्रिय टोलीको अभ्यास मङ्सिर १० गतेबाट

Published

on

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सकिएको छ । अनलाईन मार्फत भएको बोर्ड बैठकले खेलाडी बर्गिकरणमा भएको गल्ती सच्चाएको छ ।

यस अघि बि ग्रेडमा रहेका तिब्र गतिका बलर सोमपाल कामीलाई ए ग्रेडमा राखेको छ भने अर्का तिब्र गतिका बलर अविनाश बोहरालाई सी बाट बि मा ल्याएको छ । त्यस्तै यस अघि सेन्ट्रल कन्ट्रयाक्टमा नरहेका ललित नारायण राजबंशीलाई बि तथा सन्दिप जोरालाई सि मा पुन बर्गीकरण गरेको छ ।

त्यस्तै क्यानले महिला तर्फ सरस्वती चौधरीलाई बि तथा ममता चौधरी र सुमन खतिवडालाई सी मा राख्ने निर्णय पनि गरेको छ । तर कोरोनाको कारण देखाउँदै क्यानले जनवरी देखि छ महिना सम्मको लागि मात्र खेलाडी सम्झौता गर्ने निर्यण गरेको छ ।

त्यस्तै क्यानले मङ्सिर १० गतेबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पनि गर्ने निर्णय गरेको छ । गत फाल्गुनमा ट्वान्टी ट्वान्टी एसिया कप छनोट खेले पछि नेपाली टोलीले कोरोना कारण कुनै पनि प्रतियोगिता खेलेको छैन भने ब्यतिगत रुपमा भने नियमित अभ्यास गरे पनि सँगै भने गरेका छैनन् ।

त्यस्तै क्यानले यस अघि आफ्ना बोर्ड सदस्यलाई कोरोना संक्रमण भएको कारण स्थगित गरेको बार्षिक साधारणसभा मङ्सिर तीन गते गर्ने निर्णय पनि गरेको छ ।

क्यानको बर्ड बैठकले गरेका अन्य निर्णयहरु यस प्रकार रहेका छन् –

Click to comment

Trending