अन्तर्राष्ट्रिय

पाकिस्तान र जिम्बाब्वे बीचको ट्वान्टी ट्वान्टी शृंखला आजबाट 

Published

on

घरेलु टोली पाकिस्तान र जिम्बाब्वे बीचको ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलको शृंखला आजबाट सुरु हुँदैछ । तीन खेलको शृंखला अन्तर्गतको पहिले खेल आज रावलपिन्डीमा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।

पाकिस्तान र जिम्बाब्वे दुई बर्ष भन्दा बढी पछि पहिलो पटक एक आपसमा भिड्दै छन् । पछिल्लो पटक जुलाई २०१८ मा भएको खेलमा पाकिस्तानले जिम्बाब्वेलाई सात विकेटले पराजित गरेको थियो ।

पाकिस्तान र जिम्बाब्वेले अहिले सम्म ट्वान्टी ट्वान्टीमा ११ पटक भिडेका छन् जसमा पाकिस्तानले सबै नै खेलमा जित दर्ता गराउँदा जिम्बाब्वे जित बिहिन रहेको छ ।

हालै सम्पन्न तीन खेलको एकदिवसीय शृंखला पाकिस्तानले २-१ ले जितेको थियो । लगातार पहिलो दुई खेलमा क्रमश २६ रन र छ विकेटको जित हात पारेको पाकिस्तान तेश्रो तथा अन्तिम खेलमा भने सुपर ओभरमा पराजित हुन पुगेको थियो ।

 

Click to comment

Trending