Headline

साउथ्याम्प्टन ३२ बर्षपछि प्रिमियर लिगको शिर्ष स्थानमा

Published

on

३२ बर्षमा पहिलो पटक साउथ्याम्प्टन इङ्गलिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएपछि व्यवस्थापक राल्फ हाजेनहटले आफ्नो टोलीलाई जे पनि सम्भव छ भनेर बिश्वास गर्न आग्रह गरेका छन् ।

एक बर्ष अघि लेस्टरसँग ९–० ले पराजित भएपछि जागिर गुमाउने खतरामा रहेका हाजेनहनले साउथ्याम्प्टनलाई न्युकासलबिरुद्ध २–० को सहज जित दिलाउदै १९८८ पछि पहिलो स्थानमा पुर्याएका हुन् । ८ खेल खेलेको साउथ्याम्प्टन र ७ खेल खेलेको लिभरपुलको समान १६ अंक रहेपनि गोल अन्तरमा हाजेनहटको टोली अगाडी रहेको छ ।

“हाम्रो समर्थकहरुले यसलाई मन पराउदै अंक तालिकाको तस्विर नै लिएर बस्नेछन् । हाम्रो लागि यो राम्रो हो तर यति भन्दैमा हामीले हाम्रो भोक मार्नु भएन । हामीले भोकलाई निरन्तरता दिनुपर्छ र जे पनि हुन सक्ने कुरामा बिश्वास राख्न आवश्क छ,” हाजेनहटले भने ।

टिमका प्रमुख खेलाडी तथा गत सिजन लिगको सर्वाधिक गोलकर्ता ड्यानी इंग्सले चोटका कारण खेल गुमाउन पुगेपछि साउथ्याम्प्टनका लागि कसले गोल गर्ने भन्नेमा शंक रहेको थियो । शुक्रबारको खेल अघि साउथ्याम्प्टनको ३६ प्रतिशत गोलहरुमा इंग्सको प्रत्यक्ष संलग्नता रहेको थियो ।

तर चे एडम्सले भलिमा उत्कृष्ट गोल गर्दै त्यो शंकलाई पहिलो हाफमा नै मेटाए भने ८२ औं मिनेटमा स्टुवर्ट आर्मस्ट्रङ्गले जित सुनिश्चित गरेका थिए । शुक्रबार नै भएको अर्को खेलमा बर्नली र ब्राइटनले गोलरहित बराबरी खेलेका थिए ।

Click to comment

Trending