IPL

बेंगलोर माथि रोमान्चक जित निकाल्दै हैदराबाद दोश्रो क्वालिफायरमा 

Published

on

केन विलियमसनको अर्धशतक तथा जेसन होल्डरको अलराउण्ड प्रदर्शनमा रोयल च्यालेन्जर्स बेंगलोर माथि छ विकेटको रोमान्चक जित हात पार्दै सनराईजर्स हैदराबालाई इन्डियन प्रिमियर लिग (आईपीएल) को दोश्रो क्वालिफायरमा प्रवेस गरेको छ ।

अब बेंगलोर हैदराबादले फाइनल प्रवेसका लागि आइतबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ । हिजो भएको पहिलो क्वालिफायर्समा दिल्ली माथि ५७ रनको फराकिलो जित दर्ता गर्दै मुम्बई इन्डियन्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

जितका लागि १३२ रनको सानो लक्ष्य पक्ष्याएको हैदराबादले दुई बल बाँकी रहँदा चार विकेटको नोक्सानीमा जित आत्मसाथ गर्यो ।

सामान्य लक्ष्य सहित ब्याटिङमा आएको हैदराबादले पनि सुरुवात भने खासै राम्रो गर्न सकेन । ओपनर श्रीभत्स शुन्य रनमा आउट हुँदा अर्का ओपनर तथा कप्तान १७, मनिष पाण्डे २४ तथा प्रियम गर्ग सात रनमा आउट हुँदा हैदराबाद १२ औं ओभरमा ६७ रनमा चार विकेटको अवस्थामा पुग्यो ।

त्यस पछि रोमान्चक जित दर्ता गराउने क्रममा केन विलियमसन र जेसन होल्डरले पाँचौं विकेटका लागि सात दशमलब पाँच ओभरमा अविजित ६५ रन जोडे । अविजित रहेका विलियमसन र होल्डरले क्रमश ४४ बलमा ५० तथा २० बलमा २४ रनको पारी खेले ।

बेंगलोरको तर्फबाट मोहम्मद सिराजले सर्वाधिक दुई विकेट लिए । यस सिजन आफ्नो तेश्रो खेल खेलेका एडम जाम्पाले एक विकेट मात्र हात पारे पनि किफायती बलिङ गर्ने क्रममा चार ओभरमा १२ रन मात्र खर्चिए भने युज्बेन्द्र चाहालले पनि चार ओभरमा २४ रन खर्चिएर आफ्नो नाममा एक विकेट दर्ता गराए ।

यस अघि शेख जायद रंगशालामा हैदराबादले टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १३१ रन मात्र बनाउन सक्यो ।

बेंगलोरको तर्फबाट डि भिलियर्सले ४३ बलको सामना गर्दै पाँच चौकाको मद्धतमा सर्वाधिक ५६ रन बनाए भने आरोन फ़िञ्चले पनि ३० बलमा तीन चौका र एक छक्का सहित ३२ तथा मोहम्मद सिराजले अविजित १० रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आज ओपनिङमा आएका कप्तान बिराट कोहली छ रन तथा अर्का ओपनर एक रन बनाएर आउट हुँदा खराब सुरुवात गरेको बेंगलोरको लागि डि भिलियर्स र फ़िञ्चले तेश्रो विकेटका लागि ४१ रनको साझेदारी गर्दै पारी सम्हाल्ने कोसिस गरे पनि फ़िञ्चको विकेटको पतन पछि सम्हालिन सकेन ।

बेंगलोरका अन्य ब्याट्सम्यानमा मोइन अली शुन्य, सौरभ दुबे आठत् तथा वाशिंगटन सुन्दर पाँच रन बनाएर आउट भए भने नवदिप साइनीले पनि अविजित नौं रनको पारी खेले ।

बेंगलोरलाई सानो योगफलमा रोक्ने क्रममा हैदराबादको तर्फबाट जेसन होल्डरले चार ओभरमा २५ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने टि नटराजनले पनि चार ओभरमा ३३ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

समुह चरणको समाप्ती पछि हैदराबाद र बेंगलोर अंक तालिकामा क्रमश तेश्रो तथा चौथों हुँदै अन्तिम चारमा प्रवेस गरेका थिए । आफ्नो अन्तिम खेलमा दिल्लीसँग पराजित भए पनि नेट रन रेटका आधारमा कोलकाता नाइट राईडर्सलाई पछि पार्दै बेंगलोरले प्ले-अफ तय गर्न सफल भएको थियो । हैदराबादले प्ले-अफमा पुग्न आफ्नो अन्तिम लिग खेलमा मुम्बईलाई पराजित गर्नै पर्ने खेलमा १० विकेटको सानदार जित गराएको थियो।

यस अघि सम्पन्न समुह चरणका खेलहरुमा हैदराबाद र बेंगलोर दुबै टोलीले १-१ खेल जितेका थिए । पहिलो लेगमा बेंगलोरले १० रनले तथा दोश्रो लेगमा हैदराबादले पाँच विकेटले खेल आफ्नो पक्ष्यमा पार्न सफल भएका थिए ।

Click to comment

Trending