Headline

डेर क्लासिकेर: बुन्डेसलिगाको सबैभन्दा ठुलो खेलमा डर्ट्मण्डको समाना गर्दै बायर्न म्युनिख

Published

on

बुन्डेसलिगा २०२०/२०२१ सिजनको पहिलो डेर क्लासिकेरमा बायर्न म्युनिखले बोरुसिया डर्ट्मण्डसँग सिग्नल इडुना पार्कमा आज खेल्दै छ ।

यो बुन्डेसलिगाको सिजनको अन्तिम ६ खेलहरुमा दुवै टोलीले पाँचमा जित र एकमा हार बेहोरेका छन् । अंक तालिकामा पनि दुवैको समान १५ अंक भए पनि बायर्न गोल डिफ्र्नेसका कारण शिर्ष स्थानमा रहेको छ ।

बुन्डेसलिगाको सबै भन्दा ठुलो खेल मानिने डेर क्लासिकेर यो सिजन पनि बन्द रङ्गशालामा हुने छ ।

डर्ट्मण्डका लागि एम्रे च्यानले कोभिड-१९ का कारण खेल गुमाउने छन् । यता बायर्नका लागि भने लेफ्ट ब्याक्क अल्फोन्सो डेभीजले चोटका कारण खेल गुमाउने छन् ।

बायर्नले हान्सी फ्लिक क्लबमा प्रशिक्षकको रुपमा आए देखी डर्ट्मण्डसँग एकमा पनि पराजय भोग्नु परेको छैन ।

१९६३ मा बुन्डेसलिगाको स्थापना भए देखी बायर्न र डर्ट्मण्ड बिच भएको १२६ खेलमा बायर्नले ६० खेल जितेको छ भने ३४ खेल बराबरीमा सकिएको छ । यस्तै डर्ट्मण्डले भने ३२ खेल मात्र जितेको छ ।

बुन्डेसलिगामा गएको ६ खेलमा दुई गोल मात्र खाएको डर्टमण्डको डिफेन्स लिगकै उत्कृष्ट मद्धेको एक हो ।

यो खेल नेपाली समय अनुसार राती ११:१५ मा सुरु हुने छ ।

Click to comment

Trending