IPL

बेंगलोरको खराब ब्याटिङ, हैदराबादलाई १३२ रनको झिनो लक्ष्य

Published

on

एबी डि भिलियर्सले अर्धशतक बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराईजर्स हैदराबालाई १३२ रनको सामान्य लक्ष्य दिएको छ ।

शेख जायद रंगशालामा हैदराबादले टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १३१ रन मात्र बनाउन सक्यो ।

बेंगलोरको तर्फबाट डि भिलियर्सले ४३ बलको सामना गर्दै पाँच चौकाको मद्धतमा सर्वाधिक ५६ रन बनाए भने आरोन फ़िञ्चले पनि ३० बलमा तीन चौका र एक छक्का सहित ३२ तथा मोहम्मद सिराजले अविजित १० रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आज ओपनिङमा आएका कप्तान बिराट कोहली छ रन तथा अर्का ओपनर एक रन बनाएर आउट हुँदा खराब सुरुवात गरेको बेंगलोरको लागि डि भिलियर्स र फ़िञ्चले तेश्रो विकेटका लागि ४१ रनको साझेदारी गर्दै पारी सम्हाल्ने कोसिस गरे पनि फ़िञ्चको विकेटको पतन पछि सम्हालिन सकेन ।

बेंगलोरका अन्य ब्याट्सम्यानमा मोइन अली शुन्य, सौरभ दुबे आठत् तथा वाशिंगटन सुन्दर पाँच रन बनाएर आउट भए भने नवदिप साइनीले पनि अविजित नौं रनको पारी खेले ।

बेंगलोरलाई सानो योगफलमा रोक्ने क्रममा हैदराबादको तर्फबाट जेसन होल्डरले चार ओभरमा २५ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने टि नटराजनले पनि चार ओभरमा ३३ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

आजको खेलमा ओपनर रिद्दीमन शाह चोटका कारण खेल्न नसक्ने भएका छन् । यस अघि चार खेल मात्र खेलेका शाहले दुईमा अर्धशतक प्रहार गरेका थिए भने चार खेलमा नै हैदराबादलाई राम्रो सुरुवात दिएका थिए । बेंगलोरका क्रिस मोरिसले पनि चोटका कारण आजको खेल गुमाउने भएका छन् । बेंगलोरले आजको खेलमा लेग स्पिनर एडम जाम्पा, ओपनर आरोन फ़िञ्च र नवदिप साइनीलाई सुरुवात ११ मा स्थान दिएको छ ।

आजको खेलमा जित हात पार्ने टोलीले फाइनल प्रवेसका लागि आइतबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । हिजो भएको पहिलो क्वालिफायर्समा दिल्ली माथि ५७ रनको फराकिलो जित दर्ता गर्दै मुम्बई इन्डियन्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

समुह चरणको समाप्ती पछि हैदराबाद र बेंगलोर अंक तालिकामा क्रमश तेश्रो तथा चौथों हुँदै अन्तिम चारमा प्रवेस गरेका थिए । आफ्नो अन्तिम खेलमा दिल्लीसँग पराजित भए पनि नेट रन रेटका आधारमा कोलकाता नाइट राईडर्सलाई पछि पार्दै बेंगलोरले प्ले-अफ तय गर्न सफल भएको थियो । हैदराबादले प्ले-अफमा पुग्न आफ्नो अन्तिम लिग खेलमा मुम्बईलाई पराजित गर्नै पर्ने खेलमा १० विकेटको सानदार जित गराएको थियो।

यस अघि समुह चरणका खेलहरुमा हैदराबाद र बेंगलोर दुबै टोलीले १-१ खेल जितेका थिए । पहिलो लेगमा बेंगलोरले १० रनले तथा दोश्रो लेगमा हैदराबादले पाँच विकेटले खेल आफ्नो पक्ष्यमा पार्न सफल भएका थिए ।

Click to comment

Trending