Headline

प्रिमियर लिगमा आज: एवर्टनसँग भिड्दै युनाइटेड, सेफिल्डको समाना गर्दै चेल्सी

Published

on

नेसन्स लिगका लागि अन्तर्राष्ट्रिय बिश्राम अघिको अन्तिम खेलहरुमा शनिवार एवर्टनले म्यानचेस्टर युनाइटेडको समाना गर्दै छ ।

एवर्टन पछिल्ला तीन लिग खेलमा युनाइटेड विरुद्ध एकमा पनि पराजित भएको छैन । युनाइटेड पनि अघिल्लो प्रिमियर लिग खेलमा आर्सनल र च्याम्पियन्स लिगमा इस्तानाबुलसँग पराजित भएको थियो ।

चोटका कारण अघिल्ला दुई खेल गुमाएपनि एभर्टनका लागि यो खेलमा कोलम्बियन स्टार हामेस रोद्रिगेज फर्किनेछन् । युनाइटेडका लागि पनि नयाँ खेलाडी एलेक्स टेल्लेसले आफु फिट भएको जानकारी दिए पनि प्रशिक्षक ओले गुन्नार सोल्जायरले शुरुवाती एघारमा स्थान बनाउने हुन वा होइनन् भन्ने खुलाएका छैनन् ।

यो खेल नेपाली समय अनुसार ६:१५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा चेल्सीले सेफिल्ड युनाइटेडको सामना गर्दैछ । अघिल्लो सिजन सेफिल्डसँगको दुवै खेलमा राम्रो नतिजा निकाल्न नसकेको चेल्सीले यो पटक भने आफ्नो नयाँ खेलाडीहरु सहित मैदानमा उत्रिने छ ।

अन्तिम पटक सेफिल्डसँग अघिल्लो सिजन २-० ले पराजित भएको चेल्सी यो पटक भने पाँच खेलमा अपराजित रहेको छ । चेल्सीका लागि क्रिष्चियन पुलिसिचले एन्कल इन्जुरी र काइ ह्वाभर्ट्जले कोरोना भाईरसका कारण यो खेल गुमाउने छन् । यो खेल नेपाली समय अनुसार रातको ११:१५ मा सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा क्रिस्टल प्यालेसले लिड्स युनाइटेड र वेष्ट ह्यामले फुलह्यामको समाना गर्ने छ ।

 

Click to comment

Trending