IPL

हैदराबाद विरुद्ध बेंगलोर पहिले ब्याटिंङमा 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा सनराईजर्स हैदराबाद विरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद रंगशालामा हैदराबादले टस जितेर बेंगलोरलाई पहिले ब्याटिङ गर्न लगाएको हो ।

आजको खेलमा ओपनर रिद्दीमन शाह चोटका कारण खेल्न नसक्ने भएका छन् । यस अघि चार खेल मात्र खेलेका शाहले दुईमा अर्धशतक प्रहार गरेका थिए भने चार खेलमा नै हैदराबादलाई राम्रो सुरुवात दिएका थिए । बेंगलोरका क्रिस मोरिसले पनि चोटका कारण आजको खेल गुमाउने भएका छन् । बेंगलोरले आजको खेलमा लेग स्पिनर एडम जाम्पा, ओपनर आरोन फ़िञ्च र नवदिप साइनीलाई सुरुवात ११ मा स्थान दिएको छ ।

आजको खेलमा जित हात पार्ने टोलीले फाइनल प्रवेसका लागि आइतबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । हिजो भएको पहिलो क्वालिफायर्समा दिल्ली माथि ५७ रनको फराकिलो जित दर्ता गर्दै मुम्बई इन्डियन्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

समुह चरणको समाप्ती पछि हैदराबाद र बेंगलोर अंक तालिकामा क्रमश तेश्रो तथा चौथों हुँदै अन्तिम चारमा प्रवेस गरेका थिए । आफ्नो अन्तिम खेलमा दिल्लीसँग पराजित भए पनि नेट रन रेटका आधारमा कोलकाता नाइट राईडर्सलाई पछि पार्दै बेंगलोरले प्ले-अफ तय गर्न सफल भएको थियो । हैदराबादले प्ले-अफमा पुग्न आफ्नो अन्तिम लिग खेलमा मुम्बईलाई पराजित गर्नै पर्ने खेलमा १० विकेटको सानदार जित गराएको थियो।

यस अघि समुह चरणका खेलहरुमा हैदराबाद र बेंगलोर दुबै टोलीले १-१ खेल जितेका थिए । पहिलो लेगमा बेंगलोरले १० रनले तथा दोश्रो लेगमा हैदराबादले पाँच विकेटले खेल आफ्नो पक्ष्यमा पार्न सफल भएका थिए ।

Click to comment

Trending