IPL

बेंगलोर र हैदराबाद आईपीएलको एलिमिनेटरमा भिड्दै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा आज सनराईजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोर प्रतिस्पर्धा गर्दै छन् । शेख जायद रंगशालामा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित हात पार्ने टोलीले फाइनल प्रवेसका लागि आइतबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । हिजो भएको पहिलो क्वालिफायर्समा दिल्ली माथि ५७ रनको फराकिलो जित दर्ता गर्दै मुम्बई इन्डियन्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

समुह चरणको समाप्ती पछि हैदराबाद र बेंगलोर अंक तालिकामा क्रमश तेश्रो तथा चौथों हुँदै अन्तिम चारमा प्रवेस गरेका थिए । आफ्नो अन्तिम खेलमा दिल्लीसँग पराजित भए पनि नेट रन रेटका आधारमा कोलकाता नाइट राईडर्सलाई पछि पार्दै बेंगलोरले प्ले-अफ तय गर्न सफल भएको थियो । हैदराबादले प्ले-अफमा पुग्न आफ्नो अन्तिम लिग खेलमा मुम्बईलाई पराजित गर्नै पर्ने खेलमा १० विकेटको सानदार जित गराएको थियो।

यस अघि समुह चरणका खेलहरुमा हैदराबाद र बेंगलोर दुबै टोलीले १-१ खेल जितेका थिए । पहिलो लेगमा बेंगलोरले १० रनले तथा दोश्रो लेगमा हैदराबादले पाँच विकेटले खेल आफ्नो पक्ष्यमा पार्न सफल भएका थिए ।

 

Click to comment

Trending