Headline

‘बार्सिलोनाले मलाई फेरी भित्र्याउने आँट कहिले गरेन’

Published

on

बार्सिलोनाका पुर्व राइट-ब्याक्क ड्यानी एल्भेसले आफुले युभेन्टससँगको सम्झौता सकिए पछि फेरी क्याट्लान क्लब जाने इच्छा गरे पनि बार्सिलोनाले उनलाई भित्र्याउन आँट नगरेको बताएका छन् ।

एल्भेसले बार्सिलोनासँग २००८ देखी २०१६ सम्म ३९१ खेल खेल्दै २१ गोल र १०१ असिस्ट दिएका थिए । उनी बार्सिलोनामा हुँदा विश्वकै उत्कृष्ट राइट-ब्याक्क रहेका थिए ।

उनले बार्सिलोनालाई २३ उपाधि जिताएका थिए । बार्सिलोनालाई छ ला लिगा र तीन च्याम्पियन्स लिग जिताएका एल्भेसले २०१६ मा फ्री एजेन्ट मार्फत क्लब छोडेका थिए ।

३७ वर्षिय एल्भेसले त्यो समयमा युभेन्टससँग एक सिजनमै सेरी आ र कोप्पा इटालिया जित्नुका साथै च्याम्पियन्स लिग फाईनल खेलेका थिए ।

युभेन्टसमा दुई बर्ष खेलेर एल्भेस फ्रान्स पनि पुगे र अहिले पनि ब्राजिलियन क्लब साउ पाउलोमा बलियो रुपमा अघी बढीरहेका छन् तर उनलाई अहिले पनि बार्सिलोनाले २०१८ मा सम्झौता नदिएर धोका दिएको जस्तो भान हुने बताउदै आएका छन् ।

“मैले युभेन्टसमा दुई बर्ष आफुलाई अझै सक्षम छु भन्ने प्रमाणित गर्दै फेरी बार्सिलोना जाने इच्छा गरेको थिए,” एल्भेसले भने ।

“मलाई अझै पनि बार्सिलोनामा खेल्न मन थियो । मलाई त्यो क्लब अझै मन पर्छ तर मलाई थाहा छैन उनीहरुलाई म देखी के समस्या थियो, बार्सिलोनाले मलाई फेरी भित्र्याउने आँट कहिले गरेन,”

एल्भेस बार्सिलोनाका लागि लामो समय खेलेका खेलाडी मद्धेका एक थिए ।

“मलाई लाग्छ बार्सिलोनाले आफ्नो अस्तित्व गुमाएको छ तर पनि उसलाई नयाँ हुन केही समय लाग्ला,” उनले थपे ।

“बार्सिलोना अहिले वाणिज्यिक र व्यापार क्लब जस्तो भैसक्यो खेलाडी किन्यो,बेच्यो र लोनमा पठायो । त्यही भएर पनि यो क्लबले आफ्नो अस्तित्व गुमाएको हो।”

 

Click to comment

Trending