Headline

स्पर्सका लागि केनको २ सयौं गोल

Published

on

ह्यारी केनले क्लबका लागि लागि २ सर्यौ गोल गर्दा टोेटेन्ह्याम हट्स्परले युरोपा लिगमा बिहिबार लुडोगोरेट्सलाई ३–१ ले पराजित गरेको छ । अर्को निकै नै सनसनीपूर्ण खेलमा १० खेलाडीमा सिमित बेन्फिकाले दुई गोलले पछि परेको स्थितिमा रेन्सर्सलाई ३–२ को बराबरीमा रोक्यो ।

स्पर्सका लागि ३ सयौं खेल खेलिरहेका इङ्गल्याण्ड कप्तान केनले १२ औं मिनेटमा नै लुकास मउराको कर्नरमा हेडरमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा केनकै पासमा मउराले गोल गरेका थिए ।

बुल्गेरियन क्लब लुडोगोरेट्सका लागि मध्यान्तरको पाँच मिनेटपछि नै एक गोल फर्काए पनि जियोभानी लो सेल्सोले स्पर्सको जितलाई फराकिलो बनाएका थिए । डियोगो गोन्काल्भेसको आत्मघाती गोलसँगै ग्लेन कमारा र अल्फ्रेडो मोरेलोसले गोल गर्दा रेन्जर्स समुह डी मा लगातार तेश्रो जित तर्फ अग्रसर भएको थियो । सहज अझै के थियो भने २० मिनेट नबित्दै निकोलस ओटामेन्डी रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

तर राफा सिल्भा र डार्विन नुनेजले खेलको अन्त्यमा गोल गर्दै बेन्फिकालाई हारबाट जोगाएका थिए । बेन्फिकाले खेलको दोश्रो मिनेटमै कोनोर गोल्डसनको आत्मघाती गोलबाट अग्रता पाएको थियो ।

समुह बीमा आर्सनलले मोल्डेलाई ४–१ ले पराजित गर्यो । २२ औं मिनेटमै मार्टिन एलिंगसेनले गोल गर्दा मोल्डेले अप्रत्यासित अग्रता पाएको थियो । आर्सनलले उल्दै अग्रत बनाउन मिहिनेत गर्नु परेन ।

क्रिष्टोफर हगेन र सेरिफ सिन्यानले आत्मघाती गोल गरेपछि आर्सनल ६२ औं मिनेटमा २–१ ले अघि बढ्यो । निकोलस पेपे र जोसेफ विलोकले गोल गरेपछि आर्सनलको जित फराकिलो भये ।

समुह बी मा एएस रोमाले क्लुजलाई पाँच गोल हान्यो । रोमाको जितमा बोर्जा मायोरलले दुई गोल गरे भने हेन्रिख एमखितार्यन, रोजर इबानेज र पेद्रो रोद्रिगेजले पनि १–१ गोल गरेका थिए । अर्को इटालियन टोली एसी मिलान भने फ्रेञ्च क्लब लिलेसँग ३–० ले स्तब्ध भयो ।

लिलेको जितमा तीन वटै गोल युसुफ याजिचीले गरेका थिए । यस्तै लेस्टर सिटीले स्पोर्टिङ्ग ब्रागालाई ४–० ले हरायो । लेस्टरको जितमा केलेची इनियाचोले दुई गोल गरे । अन्य गोल डेनिस प्रेट र जेम्स म्याडिसनले गरेका थिए ।

Click to comment

Trending