IPL

फाइनल पुग्न दिल्लीलाई २०१ रनको विशाल लक्ष्य 

Published

on

सुर्य कुमार यादव र इशान किशानको अर्धशतक तथा हार्दिक पान्ड्याको विस्फोटक पारीमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २०१ रनको विशाल लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०० रन बनायो ।

मुम्बईको तर्फबाट इशान किशानले अविजित रहँदै सर्वाधिक ५५, सुर्य कुमार यादवले ५१, ओपनर क्विनटन डि ककले ४० तथा हार्दिक पान्ड्या आक्रमक ३७ रनको पारी खेले ।

कप्तान रोहित शर्मा गोल्डेन डकआउट हुँदा खराब सुरुवात गरेको मुम्बईको लागि यादव र डि ककले दोश्रो विकेटको लागि ३७ बलमा ६२ रनको आक्रमक साझेदारी गरे । २५ बलको सामना गर्दै पाँच चौका र एक छक्का प्रहार गरेका डि कक रविचन्द्रन अश्विनको शिकार भए ।

डि कक आउट भए लगत्तै जस्तो यादव पनि ३८ बल खेल्दै छ चौका र दुई छक्का प्रहार गरेर पेभेलियन फर्किए भने काइरन पोलार्ड पनि दुई बल खेल्दै शुन्य रनमा आउट हुन पुगे । कुर्नाल पान्ड्याले पनि १३ रन भन्दा जोड्न सकेनन् ।

१४० रनमा पाँच विकेट गुमाएको मुम्बईको लागि हार्दिक पान्ड्या र इशान किशानले अन्तिम २३ बलमा ६० रन जोड्दै २०० को विशाल स्कोर सम्म पुर्याए । किशानले ३० चार चौका र तीन छक्का प्रहार गरे भने पान्ड्याले १४ बलमा पाँच छक्का प्रहार गरे ।

दिल्लीका अश्विनले चार ओभरमा २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने मार्कस स्टोइनिश र एनरिच नोर्ट्जेले पनि समान १-१ विकेट हात पारे ।

आजको खेलमा दिल्लीले आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन । यसको मतलब आजको खेलमा पनि सन्दिपले बेञ्चमा नै चित्त बुझाउन पर्ने भएको छ । समुह चरणका कुनै पनि खेलमा सन्दिपले खेल्ने मौका पाएका थिएनन् ।

दिल्लीले आजको खेलमा जित हात पारेमा उसले इतिहास रच्ने छ । दिल्ली अहिले सम्म आईपीएलको फाइनलमा पुग्न सकेको छैन । दिल्लीको सबैभन्दा राम्रो प्रदर्शन गत संस्करणमा रहेको थियो । गत बर्ष दिल्लीले तेश्रो स्थान हात पारेको थियो । चार पटक आईपीएलको उपाधि चुमेको मुम्बई भने छैठौं पटक फाइनल खेल्ने दाउमा छ ।

लिग चरणका नौं खेलमा जित हात पार्दै मुम्बईले शिर्ष स्थानमा आठ खेलमा जित दर्ता गराउँदै दिल्लीले दोश्रो स्थान हात पार्दै क्वालिफायरमा पुगेको हो ।

सुरुवाती नौं खेल मध्य सात खेल जितेर प्रतियोगितामा राम्रो प्रदर्शन गरेको दिल्लीले त्यस पछिका चार खेलमा खराब प्रदर्शन गर्न पुग्यो । उसले अन्तिम चारमा प्रवेस गर्नका लागि रोयल च्यालेन्जर्स बेंगलोरसँगको अन्तिम खेल सम्म कुर्न पर्यो ।

मुम्बईले भने एक नाशको प्रदर्सन गर्दै अन्तिम चारमा प्रवेस पाएको थियो । अन्तिम खेलमा हैदराबादसँग १० विकेटको हारको सामना गरे पनि उसले पहिले नै अंक तालिकाको शिर्ष स्थानमा पकड जमाईसकेको थियो ।

समुह चरणको दुबै खेलमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो । पहिलो लेगमा पाँच विकेटले पराजित भएको दिल्लीले दोश्रो लेगमा नौं विकेटको लज्जास्पद हारको सामना गरेको थियो ।

Click to comment

Trending