IPL

इतिहास रच्ने लक्ष्य सहित दिल्ली साबिक विजेता मुम्बईको सामना गर्दै 

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा साबिक विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

दिल्लीले आजको खेलमा जित हात पारेमा उसले इतिहास रच्ने छ । दिल्ली अहिले सम्म आईपीएलको फाइनलमा पुग्न सकेको छैन । दिल्लीको सबैभन्दा राम्रो प्रदर्शन गत संस्करणमा रहेको थियो । गत बर्ष दिल्लीले तेश्रो स्थान हात पारेको थियो । चार पटक आईपीएलको उपाधि चुमेको मुम्बई भने छैठौं पटक फाइनल खेल्ने दाउमा छ ।

लिग चरणका नौं खेलमा जित हात पार्दै मुम्बईले शिर्ष स्थानमा आठ खेलमा जित दर्ता गराउँदै दिल्लीले दोश्रो स्थान हात पार्दै क्वालिफायरमा पुगेको हो ।

सुरुवाती नौं खेल मध्य सात खेल जितेर प्रतियोगितामा राम्रो प्रदर्शन गरेको दिल्लीले त्यस पछिका चार खेलमा खराब प्रदर्शन गर्न पुग्यो । उसले अन्तिम चारमा प्रवेस गर्नका लागि रोयल च्यालेन्जर्स बेंगलोरसँगको अन्तिम खेल सम्म कुर्न पर्यो ।

मुम्बईले भने एक नाशको प्रदर्सन गर्दै अन्तिम चारमा प्रवेस पाएको थियो । अन्तिम खेलमा हैदराबादसँग १० विकेटको हारको सामना गरे पनि उसले पहिले नै अंक तालिकाको शिर्ष स्थानमा पकड जमाईसकेको थियो ।

समुह चरणको दुबै खेलमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो । पहिलो लेगमा पाँच विकेटले पराजित भएको दिल्लीले दोश्रो लेगमा नौं विकेटको लज्जास्पद हारको सामना गरेको थियो ।

Click to comment

Trending