Headline

‘म विरुद्ध गोल गर्न मेस्सीलाई १० खेल लाग्यो’

Published

on

चेल्सीका पुर्व गोल रक्षक पेट्र चेकले चेल्सी र बार्सिलोना बिचको दीर्घकालीन प्रतिस्पर्धा र लियोनल मेस्सीलाई रोक्न गरेका प्रयासहरु खुल्ला परेका छन् ।

२००४ र २०१२ को बिचमा चेल्सीले बार्सिलोनासँग १० पटक खेलेको थियो । धेरै जस्तो टिकी-टाकाको प्रायोग गर्ने बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा चेल्सी चिर प्रतिद्वन्दी जस्तै भैसकेको थियो ।

त्यस समयमा चेल्सीका गोलरक्षक रहेका पेट्र चेकले मेस्सी विरुद्ध उत्कृष्ट खेल देखाएका थिए । पेट्र चेक चेल्सीमा रहदा मेस्सीले उनी विरुद्ध एक गोल पनि गर्न सकेका थिएनन् ।

“मेस्सीलाई म विरुद्ध गोल गर्न धेरै समय लाग्यो । चेल्सी विरुद्ध त उनले म रहदा एक गोल पनि गरेका थिएनन् तर म आर्सनलमा गए पछि भने उनले म विरुद्ध गोल गरेका थिए र त्यो अन्तरालमा उनलाई म विरुद्ध गोल गर्न १० खेल लाग्यो,”चेकले भने ।

“उनले म विरुद्ध पेनाल्टी मिस गरेका छन्,पोस्टमा हानेका छन् र मैले पनि धेरै पटक बचाउहरु गरेको थिए,” उनले थपे ।

“तर सबै भन्दा महत्वपूर्ण क्षण भनेको २०१२ मा क्याम्प नोउमा भएको खेलमा थियो । बार्सिलोनाले पेनाल्टी पाए पछि लियोनल मेस्सी त्यो पेनाल्टी लिना आएका थिए । मलाई लाग्थ्यो उनले यो गोल गरेरै छोड्ने भए तर अन्तिममा उनको प्रहार पोलमा लाग्यो,” चेक सम्झिन्छन् ।

“त्यो खेलहम्रो लागि निकै महत्वपूर्ण थियो । हामी १० खेलाडीमा सिमित थियौँ र २-० ले पछाडी पनि हामीले त्यो खेलमा ज्यान दिएर खेलेका थियौँ । तर खेल पछि हामी खेलाडीहरुले यो खेल गोलकिपरले नै जिताएको हो भन्ने कुराहरु गरेका थिए,”

“हारेको भए कस्तो नमजा हुने थियो होला त्यही पनि क्याम्प नोउमा बार्सिलोनासँग,” चेकले भने ।

Click to comment

Trending