Headline

च्याम्पियन्स लिग:डाइनामो किएभ विरुद्ध बार्सिलोनाको जित ,लाइपजिगसँग पिएसजी पराजित

Published

on

च्यम्पियन्स लिग अन्तर्गत भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किएभलाई २-१ ले हराएको छ ।

बार्सिलोनाका लागि लियोनल मेस्सी र जेराड पिकेले एक-एक गोल गरे भने किएभका लागि भिक्टोर साइहान्कोभले एक गोल गरेका थिए ।

बार्सिलोनाले खेलको पाचौँ मिनेटमै अग्रता लिएको थियो । किएभका डिफेन्डर पोपोभले मेस्सीलाई डि बक्समा लडाए पछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

बार्सिलोनाले खेलमा धेरै मौकाहरु बनाए पनि गोल भने ब्गर्न सकेको थिएन । पहिलो हाफमा १-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा भने अर्को एक गोल थपेको थियो । ६५ औँ मिनेटमा जेराड पिकेले गोल गर्दै बार्सिलोनालाई दुइ गोलको अग्रता दिलाएका थिए ।

७५ औँ मिनेटमा भने डाइनामो किएभले एक गोल फर्काएको थियो । किएभका लागि भिक्टोर साइहान्कोभले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् ।

बार्सिलोनाको यो च्याम्पियन्स लिगमा लगतार तेस्रो जित हो ।

त्यस्तै अर्को खेलमा सविक उपबिजेता पेरिस सेन्ट जर्माइनलाई उत्कृष्ट कमब्याक गर्दै आरबी लाइपजिगले २-१ ले हराएको छ ।

एक गोलले पछि परेको स्थितीलाई उल्टाउदै लाइपजिगले पिएसजीलाई हराएको हो ।

खेलको छैठौँ मिनेटमाइ पिएसजीका लागि एन्जल डि मरियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर १६ औँ मिनेटमा पाएको पेनाल्टीलाई भने डि मरियाले गोल गर्न सकेका थिएनन् ।

मरियाको पेनाल्टीलाई लाइपजिगका किपर पिटर गुलासीले बचाउ गरेका थिए ।

लाइपजिगले ४१ औँ मिनेटमा भने खेलमा बराबरी गोल गरेको थियो । खेललाई १-१ को बराबरीमा ल्याउने क्रममा लाइपजिगका लागि क्रिस्टोफ्हर उन्कुकुले गोल गरेका थिए ।

दोस्रो हाफमा भने लाइपजिगले दोस्रो तथा बिजयी गोल गरेको थियो । लाइपजिगका लागि ५७ औँ मिनेटमा पेनाल्टी मार्फत एमिल फोर्स्बगले गोल गरेका थिए ।

यसै खेलमा पिएसजीका दुई खेलाडी इड्रिसा गुये र किम्बेप्पेले रातो कार्ड खाएका छन् । यी दुवैले अघिल्लो खेल गुमाउने छन् ।

यस्तै अन्य खेलहरुमा युभेन्टसले फेरेनकर्भोसलाई ४-१,बोरुसिया डर्ट्मण्डले क्लब बुर्गलाई ३-०,सेभियाले क्रासनाडोरलाई ३-२ र चेल्सीले रेनेसलाई ३-० ले हराएका छन् ।

Click to comment

Trending