Headline

इस्तानाबुल बसिक्शेरसँग म्यानचेस्टर युनाइटेड पराजित

Published

on

अघिल्लो दुई खेलमा पेरिस सेन्ट जर्माइन र आरबी लाइपजिगलाई हराएको म्यानचेस्टर युनाइटेड टर्किस क्लब इस्तनाबुल बसिक्शेरसँग २-१ ले पराजित भएको छ ।

खेलमा इस्तानाबुलका लागि डेम बा र एडिन भिस्काले गोल गरेका थिए भने युनाइटेडका लागि एन्थोनी मार्सियालले अर्को गोल गरेका थिए ।

खेलको १२ औँ मिनेटमै युनाइटेडले गोल खान पुगेको थियो । सबै खेलाडी इस्तानाबुलको सेन्टर लाइनमा भएको मौका उठाउदै पुर्व चेल्सी फर्वार्ड डेम्बा बा ले गोल गरेका थिए ।

इस्तानाबुलले दोस्रो गोल भने ४० औँ मिनेटमा गरेको थियो । यो पटक भने टोलीका लागि एडिन भिस्काले उत्कृष्ट गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

युनाइटेडले हाफ टाइम अघि भने एक गोल फर्काएको थियो । ४३ औँ मिनेटमा युनाइटेडका लागि एन्थोनी मार्सियालले एक गोल फर्काएका थिए ।

खेलमा सबै गोल पहिलो हाफमा भएका थिए । दोस्रो हाफमा एक गोल फर्काउन नसक्दा युनाइटेड पराजित हुन पुगेको हो ।

युनाइटेडको यो सिजन च्याम्पियन्स लिगमा पहिलो पराजय हो भने इस्तानाबुलको यो पहिलो जित हो ।

अर्को खेलमा भने जेनिट र लाजियोले १-१ को बराबारी खेलेका छन्  ।

 

Click to comment

Trending