Headline

बङ्गलादेश विरुद्धको खेलका लागी राष्ट्रिय टोलीको घोषणा

Published

on

नेपालले बङ्गलादेशसँग खेल्ने दुई मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय फुटबल टोलीको नाम घोषणा गरेको छ ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि सोमबार मात्र एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यस्तै एन्फाले किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ । बालगोपालको प्रशिक्षणमा नेपालले झण्डै एक बर्ष अगाडी दक्षिण एसियाली खेलकुद पुरुष फुटबलमा स्वर्ण पदक र बंगलादेशमा २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि हात पारेको थियो ।

नेपालले बङ्गलादेशसँग  ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ  ।

नेपाली टोली नोभेम्बर ५ मा ढाकाको लागि उड्ने छ ।

राष्ट्रिय टोलीमा परेका खेलाडीहरु: बिशाल श्रेष्ठ,सुजल श्रेष्ठ,रन्जित धिमाल,सुमन अर्याल,नवयुग श्रेष्ठ,सेशेहाङ आङदाम्बे,जर्ज प्रिन्स कार्की,बिकास खवास,भरत खवास,सरोज दाहाल,सुबास गुरुङ,तेज तमाङ,अजित भण्डारी,रवी पसवान,छिरिङ्ग गुरुङ, अनन्त तमाङ, बिक्रम लामा,दिलेन लोक्तान,अन्जन बिष्ट,पुजन उपरकोटी,बिमल राना,दिप कार्की,एरिक बिष्ट,दर्शन गुरुङ,किरण चेम्जोङ (कप्तान)

(नेपालका लागि आठ खेलाडीले कोरोना भाइरसका कारण बङ्गलादेश विरुद्धको खेल गुमाउने भएका छन्  )

Click to comment

Trending