Headline

बंगलादेश विरुद्धको खेलका लागि कप्तानमा किरण

Published

on

बंगलादेश भ्रमणका क्रममा खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङ्गले गर्ने भएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरणलाई कप्तानी दिन लागिएको विस्पोर्टजलाई बताएका छन् ।

नेपाली फुटबलमा गएको बर्षहरुमा कप्तान को ? भन्ने बिषयमा एक मत नभएका कारण धेरै कन्फ्युजन हुदै  आएका छ ।

भरत खवासकै कुरा गर्नु पर्दा उनले पछिल्ला केही खेलहरुमा कप्तानी गर्दै आएका थिए तर यो पटक भने उनी टोलीमा भए पनि पनि किरणले कप्तानी गर्न लागेका हुन् ।

यस बिषयमा बोल्दै बालगोपाल भन्छन्: “यस अघि भरत नै पहिलो प्राथमिकतामा कप्तान रहे पनि मैले किरणलाई कप्तानी दिने निर्णय गरेको हो।”

बालगोपाल थप्छन्: “किरण हाम्रो पहिलो रोजाईका गोलकिपर हुन् । जसले गर्दा उनी सुरुवाती एघारमा पर्ने निश्चित छ । भरतको हकमा भने उनी फरवार्ड हुन् र आजको दिनमा अग्रपंक्तिमा खेल्न र टोलीमा पर्नका लागि निकै प्रतिस्पर्धा रहेको छ।”

“त्यस्तै टोलीको रणनीति अनुसार भारतले खेल सुरु नगरे पनि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेस गर्न सक्ने छन्।”

“कप्तान खेलमा बैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेस गर्दा त्यती राम्रो पनि देखिन्न,” बालगोपालले भने । “बिशेष गरि कप्तान भनेको सिनियर खेलाडी जसको टोलीका सबै सदस्यसँग राम्रो सम्बन्ध हुन्छ र सबै खेलाडीलाई एक ढिक्का बनाउन सक्छ उसलाई नै दिने हो । यस विषयमा पनि किरण राम्रा छन्।”

त्यस्तै प्रशिक्षक महर्जनले बंगलादेश भ्रमण पछि अन्य प्रतियोगिता अथवा अर्को मैत्रीपूर्ण खेलमा भने भरतले नै कप्तानी सम्हाल्न सक्ने पनि बताए ।

किरणले नेपालका लागि पहिलो पटक २०१८ मा भएको साफ च्याम्पियनशिपमा कप्तानी गरेका थिए । त्यो समयमा तेस्रो श्रेणीका कप्तान रहेका किरणले मुख्य कप्तान बिराज महर्जन र भरत खवास दुवै बेन्चमा रहदा आर्म बाण्ड लाउने अवसर पाएका थिए ।

किरणले हालै भारतको दोस्रो डिभिजनको क्लब राउण्डग्लास पन्जाबसँग नयाँ सम्झौता गरेका थिए भने उनी बिदेशमा लिग खेल्ने कम नेपाली खेलाडी मध्येका एक हुन् ।

नेपालले नोभेम्बर १३ र १७ तारिखमा बंगलादेशको ढाकामा घरेलु टोली विरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।

Click to comment

Trending