Headline

च्याम्पियन्स लिग आज: बार्सिलोना विरुद्ध खेल्दै डाइनामो किएभ,पीएसजी र आरबी लाइपजिग भिड्दै

Published

on

च्याम्पियन्स लिग अन्तर्गत आज हुने खेलमा बार्सिलोनाले डाइनामो किएभसँग खेल्दै छ ।

अघिल्लो खेलमा युभेन्टसलाई हराउदै च्याम्पियन्स लिगमा लगातार दुई खेल जितेको बार्सिलोनाले युक्रेनी क्लब डाइनमो किएभसँग खेल्न लागेको हो ।

यो खेलका लागि बार्सिलोनाले युवा खेलाडीहरुलाई उतार्ने धेरै सम्भावना रहेको छ ।

डाइनामो किएभसँगको पछिल्लो १० खेलमा बार्सिलोनाले ६ खेलमा बिजयी हात पारेको छ ।

बार्सिलोनाका लागि अहिले पनि मुख्य समस्या भनेको म्याट टेर स्टेगेनको चोट रहेको छ । उनको स्थानमा रहेका अर्का गोलरक्षक नेटोले खेल्ने छन् । बार्सिलोनालाई अर्को समस्या भनेको एन्टोनीयो ग्रिजमनको फम पनि हो । च्यम्पियन्स लिगमा ग्रिजमनले अहिले सम्म खता खोल्न सकेका छैनन् ।

खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा आरबी लाइपजिगले फ्रेन्च क्लब र साविक उपबिजेता पेरिस सेन्ट जर्माइन(पिएसजी)को समाना गर्दै छ ।

अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग ५-० को हार बेहोरेको लाइपजिगले ७८ दिन पछि फेरी पिएसजीको समना गर्दै छ । अघिल्लो सिजन सेमिफाइनलमा भेटेका यि दुई टोली यो पटक भने समुह चरणमै भेटेका हुन् ।

यो खेलमा पिएसजीका लागि ४ महत्वपूर्ण खेलाडीले खेल गुमाउदै छन् । नेमार,मौरो इकार्डी,मर्को भेराट्टी,युलियन डाक्स्लर र युवान बर्नार्टले खेल गुमाउने पक्का भएको छ भने एनजल डि मारियाले पनि खेल खेल्ने वा नखेल्ने बारे बोलेका छैनन् ।

नेमार घाइते भए पछि पिएसजीको अट्याकमा पब्लो स्बरियाले मोसे केअन र किलियन एम्बाप्पेलाई साथ दिने छन् । मुख्य खेलाडीहरु नहुँदा पिएसजीको लागि यो खेल निकै काठिन हुने छ ।

यो खेल नेपाली समय अनुसार १:४५ मा हुने छन् ।

आजको पहिलो दुई खेलमा भने म्यानचेस्टर युनाइटेडले इस्तानाबुल बाशिक्शेर,जेनिटले लाजियोको नेपाली समय अनुसार ११:४५ मा सामना गर्दै छ ।

१:४५ मा हुने अरु खेलहरुमा भने फेरेन्वारोसले युभेन्टस,क्लब बुर्गले बोरुसिया डर्ट्मण्ड,सेभियाले क्रसनाडोर र चेल्सीले रेनेसको सामना गर्दै छ ।

Click to comment

Trending