Headline

मार्सेको च्याम्पियन्स लिगमा लगातार हारको खराब किर्तिमान

Published

on

पोर्चुगिज क्लब एफसी पोर्टोसँग ३–० ले पराजित भएपछि फ्रान्सको मार्सेले च्याम्पियन्स लिगमा लगातार धेरै खेल हार्ने खराब किर्तिमानको बराबरी गरेको छ ।

यो सिजनको युरोपियन प्रतियोगितामा तीन खेलमा पराजित भइसकेको मार्सेले लगातार १२ खेल हारेको छ । मङ्गलवारको पराजयसँगै मार्सेले च्याम्पियन्स लिगमा लगातार १२ खेल हार्ने बेल्जियम क्लब एन्डरलेखको किर्तिमान बराबरी गरेको छ ।

एन्डरलेखले २००३ देखि २००५ सम्मको सिजनमा लगातार १२ खेल हार्ने किर्तिमान कायम गरेको थियो । सन् १९९३ मा च्याम्पियन्स लिगको नाममा प्रतियोगिता शुरु हुँदा पहिलो उपाधि मार्सेले नै जितेको थियो तर फ्रेञ्च लिग वानमा पनि खराब प्रदर्शन गर्दै आइहेको मार्से अब आफै नयाँ किर्तिमान बनाउने तरखरमा देखिन्छ ।

मौसा मारेगाले पोर्टोलाई पहिलो अग्रता दिलाए लगत्तै दिमित्रि पाएटले मार्सेको लागि पेनाल्टीमा गोल गर्न चुकेका थिए । अर्को साइडमा सर्जियो ओलिभिएराले पेनाल्टीमा गोल गर्दै अग्रतालाई दोब्बर पारे भने लुइस डियाजले दोश्रो हाफमा गोल गर्दै पोर्टोलाई फराकिलो जित दिलाए ।

पुर्व चेल्सी तथा पोर्टो व्यवस्थापक आन्दे्र भिलास बाओसले ब्यवस्थापन गरेको मार्से यसअघि आफ्नो समुह सी अन्तर्गतका खेलहरुमा ग्रिक क्लब ओलम्पियाकोससँग १–० र प्रिमियर लिग टोली म्यानचेस्ट सिटीसँग घरमै ३–० ले हारिसकेको छ ।

च्याम्पियन्स लिगमा यस्तै घिनलाग्दो प्रदर्शन गर्नका लागि हामी खराब टोलीन नै भइरहेका छौं र त्यो देखिन्छ पनि, गत सिजन लिग वानमा मार्सेलाई दोश्रो स्थान दिलाएका भिलास–बोआसले भने ।

२०११–१२ सिजनमा लगातार तीन खेल हारेर क्वार्टर–फाइनलबाट बाहिरिएपछि शुरु भएको मार्सेको खराब किर्तिमानको श्रंखला २०१३–१४ को सिजनमा कायम रहेको थियो । उसले त्यो सिजन ६ वटै लिग खेल हार्दै लगातार ९ खेलमा पराजित हुने पुगेको थियो भने सात बर्षपछि यो सिजन च्याम्पियन्स लिगमा फर्कदा अर्को खराब किर्तिमान बनाउने देखिन्छ ।

Click to comment

Trending