Headline

रियल म्याड्रिडको च्याम्पियन्स लिगमा पहिलो जित

Published

on

च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले इन्टर मिलानलाई ३-२ ले हराएको छ ।

रियलका लागि युवा खेलाडी रोड्रिगोले बिजयी गोल गरेका थिए भने अन्य दुई गोल करीम बेन्जेमा र सर्जियो रामोसले गरेका थिए । इन्टरका लागि भने दुई गोल लौटारो मार्टिनज र इभान पेरिसिचले गरेका थिए ।

रियलका लागि पहिलो गोल करीम बेन्जेमाले गरेका थिए । इन्टरका अस्रफ हकिमीले आफ्नै पोस्टमा दिएको पासलाई किपर समिर ह्यान्डनोभिकले भेटाउन नसक्दा बेन्जेमाले फाईदा उठाउदै गोल गरेका थिए । बेन्जेमाले २५ औँ मिनेटमा रियललाई १-० को अग्रता दिलाएका थिए ।

३३ औँ मिनेटमा भने रियलले आफ्नो अग्रता दोब्बर बनाएको थियो । रियलका लागि सर्जियो रामोसले हेडिङ मार्फत गोल गर्दै टोलीलाई २-० को अग्रता दिएका थिए । यो गोल सँगै रामोसले आफ्नो कारीयरको १०० गोल गरेका छन् ।

तर ३५ औँ मिनेटमा भने इन्टरले एल गोल फर्काएको थियो । हेक्टर बारेलाको उत्कृष्ट ब्याक हिल असिस्टमा लौटारो मार्टिनेजले इन्टरका लागि पहिलो गोल गरेका थिए ।

दोस्रो हाफको ६८ औँ मिनेटमा भने इन्टरले बराबरी गोल गरेको थियो । इभान पेरिसिचले गोल गर्दै इन्टरलाई २-२ को बराबरीमा पुराएका थिए तर ८० औँ मिनेटमा भने रियलका लागि रोड्रिगोले बिजयी गोल गरेका थिए ।

रोड्रिगोले महत्वपूर्ण गोल गरे पछी रियलले इन्टरलाई ३-२ ले हराउदै यस सिजनको च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गराएको हो ।

यस्तै समुह बि को अर्को खेलमा बोरुसिया मोचेनग्ल्याड्ब्याचले शख्तार दोनेक्सलाई ६-० ले हराएको छ । मोचेनग्ल्याड्ब्याचका लागि अलासाने प्लेले ह्याट्रिक गरेका थिए ।

अन्य खेलहरुमा एट्लेटिको म्याड्रिड र लोकोमोटिभ मोस्कोले १-१ को बराबरी खेलेका थिए भने बायर्न म्युनिखले साल्जबर्गलाई ६-२,म्यानचेस्टर सिटीले ओलम्पियाकोसलाई ३-०,पोर्टोले मार्सेलाई ३-०,लिभरपुलले एट्लान्टालाई ५-० र आयक्सले मिड्जील्याण्डलाई २-१ ले हराएको छ ।

Click to comment

Trending