IPL

प्ले-अफमा प्रवेसका लागि हैदराबादलाई १५० रनको मध्यम लक्ष्य

Published

on

सनराईजर्स हैदराबादले १३ औं संस्करणको इन्डियन प्रिमियर (आईपीएल) को प्ले-अफमा पुग्न १५० रनको मध्यम लक्ष्य पाएको छ ।

हैदराबादका बलरहरु हाबी हुँदा शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १४९ रन मात्र बनाउन सक्यो ।

मुम्बईको तर्फबाट काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गर्न आएका पोलार्डले अन्तिम ओभरमा आउट हुनु अघि २५ बलको सामना गर्दै दुई चौका र चार छक्का प्रहार गरे । मुम्बईका अन्य ब्याट्सम्यानहरुमा सुर्य कुमार यादव ३६, इशान किशान ३३ र ओपनर क्विन्टन डि कक २५ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुम्बईलाई मध्यम स्कोरमा रोक्ने क्रममा सन्दिप शर्माले सर्वाधिक सर्वाधिक तीन विकेट लिए भने जेसन होल्डर र शहबाज नदिमले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

मुम्बई यस अघि नै क्वालीफायर्समा पुगी सकेको छ र उसले फाइनल प्रवेसका लागि दिल्ली क्यापपिटल्सको सामना गर्नेछ । त्यस्तै हिजो सम्पन्न खेलमा दिल्लीसँग छ विकेटले पराजित भए पनि रोयल च्यालेन्जर्स बेंगलोरले अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको थियो ।

आजको खेलले हैदराबाद र कोलकाता नाइट राईडर्स बीच कुन टोलीले प्ले-अफमा स्थान बनाउने छ भन्ने निर्णय गर्नेछ । हैदराबादले अन्तिम चारमा स्थान बनाउने हो भने आजको खेलमा मुम्बईलाई पराजित गर्न पर्ने हुन्छ । आजको खेलमा हैदरबादले हारको सामना गरेको खण्डमा उ अन्तिम चारमा स्थान बनाउनबाट बन्चित रहने छ र कोलकाताले अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल हुनेछ ।

१३ खेल खेलेको हैदराबादको १२ अंक रहेको छ र उ अंक तालिकाको पाँचौं स्थानमा छ । १४ खेल खेलीसकेको कोलकाताको १४ अंक छ । आजको खेलमा जित हात पारेको खण्डमा हैदराबादको पनि समान १४ अंक नै हुन्छ तर उ नेट रन रेटका आधारमा चौथों स्थानमा उक्लने छ ।

यस अघि सम्पन्न पहिलो लेगमा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो । मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको नोक्सानीमा २०८ रन बनायो भने जवाफी ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १७४ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending