अन्तर्राष्ट्रिय

जिम्बाब्वेसँग सुपर ओभरमा पराजित हुँदा पाकिस्तानको क्लिन स्विप गर्ने सपना चकनाचुर

Published

on

रोमान्चक तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा जिम्बाब्वेद्वारा पाकिस्तान सुपर ओभरमा पराजित भएको छ । आजको हारको बाबजुद पाकिस्तानले शृंखला माथि कब्जा जमाएको छ । पाकिस्तानले शृंखला २-१ ले आफ्नो पक्ष्यमा पार्न सफल भएको हो । पहिलो खेलमा पाकिस्तानले जिम्बाब्वेलाई २६ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा छ विकेटको जित हात पारेको थियो ।

जितका लागि २७९ रनको लक्ष्य लिएर ब्याटिङमा आएको पाकिस्तान ५० ओभर खेल्दै नौं विकेटको नोक्सानी २७८ रन बनाए पछि खेल सुपर ओभरको पुगेको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको पाकिस्तानले चार बलमा दुई विकेट गुमाएर दुई रन मात्र बनाउन सक्यो भने जिम्बाब्वेले तीन बल खेल्दै जित सुनिश्चित गर्यो । पाँच बर्ष पछि जिम्बाब्वेले पाकिस्तानलाई पहिलो पटक एकदिवसीय खेलमा पराजित गरेको हो ।

पाकिस्तानले पनि राम्रो सुरुवात गर्न सकेन । ओपनरद्वय इमाम-उल-हक चार र फकार जमान दुई, हैदर अली १३, मोहम्मद रिजवान १० तथा इफ्तिखर अहमद १८ रन बनाएर आउट हुँदा पाकिस्तान १७ दशमलब तीन ओभरमा ८८ रनमा पाँच बिकेटको अवस्थामा खुम्चिन पुग्यो ।

तर कप्तान बाबर अजामले छैठौं विकेटका लागि ४८ बलमा ३३ रन बनाएका खुशदिल शाहसँग छैठौं विकेटका लागि ६३ रनको तथा वहाब रियाजसँग सातौं विकेटका लागि १०० रन जोड्दै पाकिस्तानलाई २५१ रनको अवस्था सम्म पुर्याए । ५६ बलमा ५२ रन बनाएका रियाज आउट भए पनि बाबरले पाकिस्तानको पारी अगाडी बढाए ।

४९ औं ओभरको अन्तिम बलमा १२५ बल खेल्दै १३ चौका र एक छक्काको मद्धतमा १२५ रन बनाएका बाबर पनि पेभेलियन फर्किंदा पाकिस्तानलाई अन्तिम ओभरमा जितका लागि १३ रन आवस्यक रहेको थियो । तर मुहम्मद मुसाले पहिलो र अन्तिम बलमा दुई चौका प्रहार गरे पछि खेल बराबरीमा सकिएको हो ।

पाकिस्तानलाई रोक्ने क्रममा जिम्बाब्वेका ब्लेसिङ मुज़राबानीले १० ओभर बलिङ गर्दै ४९ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे ।

यस अघि खराब सुरुवातका बाबजुद खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पुरै ५० ओभर खेल्दै छ विकेटको नोक्सानीमा २७८ रन बनायो ।

जिम्बाब्वेको लागि विलियम्सले अविजित रहँदै सर्वाधिक ११८ रन बनाए भने टेलरले ५६, सिकन्दर राजाले ४५ तथा वेस्ली मधेवेरले ३३ रनको पारी खेले । १३५ बलको सामना गरेका विलियम्स १३ चौका र एक छक्का प्रहार गरे भने टेलरले ६८ बलमा आठ चौका प्रहार गरे ।

ओपनिङमा आएका कप्तान चामु चिभाभा शुन्य, क्रेग एर्विन एक तथा ब्रायन चरी नौं रनमा आउट भएर खराब सुरुवात गरेको जिम्बाब्वेको पारी सम्हाल्ने क्रममा विलियम्सले टेलरसँग चौथों विकेटका लागि ८४, वेस्लीसँग पाँचौं विकेटका लागि ७५ तथा सिकन्दर राजासँग छैठौं विकेटका लागि ९६ रनको साझेदारी गरे ।

पाकिस्तान मोहम्मद हस्नानिनले सर्वाधिक पाँच विकेट हात पारे वहाबा रियाजले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए । हस्नानिनले १० ओभर बलिङ गर्दै तीन मेडन ओभर सहित २६ रन खर्चिए ।

तीन खेलको शृंखलामा पाकिस्तान २-० ले अघि रहेको छ ।

Click to comment

Trending