IPL

प्ले-अफमा पुग्न जित्नै पर्ने खेलमा हैदराबादले पहिले फिल्डिंङ गर्ने 

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर (आईपीएल) को अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट रंगशालामा सनराईजर्स हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिले फिल्डिंङ गर्ने निर्णय गरेका हुन् ।

हैदराबादले आजकोको खेलमा अभिषेक शर्माको स्थानमा प्रियम गर्गलाई सुरुवात ११ मा स्थान दिएको छ । त्यस्तै यस अघिका खेलमा चोटका कारण खेल्न नसकेका रोहित शर्मा आजको खेलमा खेल्दै छन् । मुम्बईले तिब्र गतिका बलरहरु जस्प्रित बुम्रा र ट्रेन्ट बोल्टलाई भने बिश्राम दिएको छ ।

मुम्बई यस अघि नै क्वालीफायर्समा पुगी सकेको छ र उसले फाइनल प्रवेसका लागि दिल्ली क्यापपिटल्सको सामना गर्नेछ । त्यस्तै हिजो सम्पन्न खेलमा दिल्लीसँग छ विकेटले पराजित भए पनि रोयल च्यालेन्जर्स बेंगलोरले अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको थियो ।

आजको खेलले हैदराबाद र कोलकाता नाइट राईडर्स बीच कुन टोलीले प्ले-अफमा स्थान बनाउने छ भन्ने निर्णय गर्नेछ । हैदराबादले अन्तिम चारमा स्थान बनाउने हो भने आजको खेलमा मुम्बईलाई पराजित गर्न पर्ने हुन्छ । आजको खेलमा हैदरबादले हारको सामना गरेको खण्डमा उ अन्तिम चारमा स्थान बनाउनबाट बन्चित रहने छ र कोलकाताले अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल हुनेछ ।

१३ खेल खेलेको हैदराबादको १२ अंक रहेको छ र उ अंक तालिकाको पाँचौं स्थानमा छ । १४ खेल खेलीसकेको कोलकाताको १४ अंक छ । आजको खेलमा जित हात पारेको खण्डमा हैदराबादको पनि समान १४ अंक नै हुन्छ तर उ नेट रन रेटका आधारमा चौथों स्थानमा उक्लने छ ।

यस अघि सम्पन्न पहिलो लेगमा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो । मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको नोक्सानीमा २०८ रन बनायो भने जवाफी ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १७४ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending