अन्तर्राष्ट्रिय

सिन विलियम्सको शतकमा पाकिस्तानलाई २७९ रनको लक्ष्य

Published

on

सिन विलियम्सको शतक तथा ब्रेन्डन टेलरको अर्धशतकमा जिम्बाब्वेले पाकिस्तानलाई तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा २७९ रनको विशाल लक्ष्य दिएको छ ।

खराब सुरुवातका बाबजुद खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पुरै ५० ओभर खेल्दै छ विकेटको नोक्सानीमा २७८ रन बनायो ।

जिम्बाब्वेको लागि विलियम्सले अविजित रहँदै सर्वाधिक ११८ रन बनाए भने टेलरले ५६, सिकन्दर राजाले ४५ तथा वेस्ली मधेवेरले ३३ रनको पारी खेले । १३५ बलको सामना गरेका विलियम्स १३ चौका र एक छक्का प्रहार गरे भने टेलरले ६८ बलमा आठ चौका प्रहार गरे ।

ओपनिङमा आएका कप्तान चामु चिभाभा शुन्य, क्रेग एर्विन एक तथा ब्रायन चरी नौं रनमा आउट भएर खराब सुरुवात गरेको जिम्बाब्वेको पारी सम्हाल्ने क्रममा विलियम्सले टेलरसँग चौथों विकेटका लागि ८४, वेस्लीसँग पाँचौं विकेटका लागि ७५ तथा सिकन्दर राजासँग छैठौं विकेटका लागि ९६ रनको साझेदारी गरे ।

पाकिस्तान मोहम्मद हस्नानिनले सर्वाधिक पाँच विकेट हात पारे वहाबा रियाजले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए । हस्नानिनले १० ओभर बलिङ गर्दै तीन मेडन ओभर सहित २६ रन खर्चिए ।

तीन खेलको शृंखलामा पाकिस्तान २-० ले अघि रहेको छ ।

Click to comment

Trending