Headline

च्याम्पियन्स लिग आज: इन्टर मिलानको समाना गर्दै रियल म्याड्रिड

Published

on

पछिल्ला दुई खेलमा एक अंक मात्र जोडेको रियल म्याड्रिडले आज इटालियन क्लब इन्टर मिलानको समाना गर्दै छ ।

रियल म्याड्रिडले इन्टर मिलन विरुद्ध खेलिएका सात मद्धे छ खेलमा जित हात पारेको छ भने एक खेलमा मात्र पराजय भोगेको छ ।

पहिलो खेलमा शख्तार दोनेक्ससँग ३-२ ले पराजित भएको रियल म्याड्रिड दोस्रो खेलमा भने बोरुसिया मोन्चेनग्ल्याड्ब्याचसँग २-२ को संघर्षपूर्ण बराबरी खेलेको थियो ।

इन्टरले पनि लगतार दुई खेल बराबरीमा सकाएको छ । २०११-२०१२ देखी च्याम्पियन्स लिगको समुह चरण पनि पार नगरेको इन्टरका लागि आजको यो खेल सहित अन्य तीन खेलमा अंक लिना जरुरी छ ।

यो खेलमा पनि जित निकाल्न नसक्ने हो भने रियल ठुलो संकटमा पर्ने छ । च्याम्पियन्स लिगको हरेक समुह चरण कटाउदै अन्तिम १६ मा पुगेको रियललाई उतिकै दवाव हुने छ ।

एल क्लासिकोमा बार्सिलोनालाई ३-१ ले पराजित गर्दै आफ्नो बर्खास्तीको हल्लालाई थोरै भए पनि शान्त बनाएका जिदानले यो खेल नजिता आफ्नो पक्षमा ल्याउन नसके यो पटक च्याम्पियन्स लिगलाई चाँडै बिदाइ गर्न पर्नेछ ।

रियल म्याड्रिडका लागि अघिल्लो दुई खेलमा मैदानमा समय पाएका स्टार खेलाडी एडेन हजार्डले आज शुरुवाती एघारमा मौका पाउन सक्ने छन् ।

इन्टर मिलानका लागि भने लौटारो मार्टिनेज र रोमेलु लुकाकु जोडीको खेलले निकै प्रभाव पार्ने छ ।

खेल नेपाली समय अनुसार रातको १:४५ मा सुरु हुने छ ।

आज हुने पहिलो दुई खेलमा शख्तार दोनेक्सले बोरुसिया मोन्चेनग्ल्याड्ब्याचसँग र एट्लेटिको म्याड्रिडले लोकोमोटिभ मोस्कोसँग नेपाली समय अनुसार ११:४५ मा खेल्ने छन् ।

अन्य खेलहरुमा रेड बुल साल्जबर्गले बायर्न म्युनिख,म्यानचेस्टर सिटीले ओलम्पियाकोस,पोर्टोले मार्से,एट्लान्टाले लिभरपुल र मिजिल्याण्डले आयाक्सको समाना गर्ने छ । यी सबै खेलहरु  १:४५ मा सुरु हुने छ ।

 

Click to comment

Trending