Headline

मारपिट गरेको आरोपमा वेल्स प्रशिक्षक रायन गिग्स हिरासतमा

Published

on

वेल्सका प्रशिक्षक तथा म्यानचेस्ट युनाइटेड लेजेण्ड रायल गिग्सलाई मारपिट गरेको आशंकमा पक्राउ गरिएको छ, युकेका पत्रिकाहरुले सोमबार राति उल्लेख गरेका छन् ।

द सन पत्रिकाले ४६ बर्षिय गिग्सलाई आइतबार राति उनको घरमा हो–हल्ला भएको रिपोर्ट आएपछि प्रहरी आएर हिरासतमा लिएको लेखेको छ । गिग्सलाई मारपिट गर्दै भौतिक क्षति पुर्याएको आरोपमा सोधपुछ गरिएको उक्त पत्रिकाले जनाएको छ ।

फुटबल एशोसिएसन अफ वेल्सले आफू यो घटनाबारे सचेत रहेको र अहिले कुनै पनि प्रतिक्रिया दिने स्थितिमा नरहेको बताएको छ । गिग्स पक्राउ गरिएपछि वेल्स फुटबल एशोसिएसनले अमेरिकासँगको मैत्रीपूर्ण फुटबल र युएफा नेसन्स लिग अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड र फिनल्याण्डबिरुद्ध वेल्सको टोली घोषणा गर्नका लागि तय भएको पत्रकार सम्मेलन पनि रद्द गरेको छ ।

ग्रेटर म्यानचेस्टर पुलिसका अनुसार मारपिटबाट ३० बर्षिय महिला सामान्य घाइते भएको र उपचारको आवश्यकता भने नपरेको जानकारी दिएको छ ।

युनाइटेडसँग १३ इङ्गलिस प्रिमियर लिग उपाधि जितेर सन्यास लिएका गिग्स जनवरी २०१८ मा वेल्सको प्रशिक्षक नियुक्त भएका थिए । वेल्सका लागि ६४ खेल पनि खेलेका उनले युनाटेडसँगको उत्कृष्ट प्लेयिङ्ग करिअरमा दुई च्याम्पियन्स लिग, चार एफए कप र तीन लिग कप पनि जितेका थिए ।

Click to comment

Trending