IPL

बेंगलोरलाई पराजित गर्दै दिल्ली प्ले-अफमा, फाइनल प्रवेसका लागि मुम्बईको सामना गर्ने 

Published

on

रोयल च्यालेन्जर्स बेंगलोर माथि छ विकेटको रोमान्चक जित हात पार्दै दिल्ली क्यापिटल्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले-अफमा पुगेको छ ।

आजको जितसँगै दिल्ली १६ अंक सहित अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । दिल्लीले फाइनल प्रवेसका लागि बिहिबार हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सको सामना गर्ने छ ।

आजको हार पछि बेंगलोर अंक तालिकाको तेश्रो स्थानमा झरेको छ । त्यस्तै आजको हारको बाबजुद बेंगलोरले प्ले-अफको यात्रा तय गरेको छ । अब प्ले-अफमा पुग्ने चौथों टोलीको निर्धारण मुम्बई र हैदराबाद बीचको खेलले गर्नेछ । मुम्बईले जित हात पारे कोलकाताले प्ले-अफमा स्थान बनाउने छ भने हैदराबादले जित निकालेको खण्डमा प्ले-अफमा स्थान सुरक्षित गर्नेछ ।

जितका लागि १५३ रनको मध्यम लक्ष्य सहित ब्याटिंङमा आएको दिल्लीले १९ ओभर खेल्दै चार विकेटको नोक्सानीमा जित हात पारेको हो ।

दिल्लीको जितमा अजिंक्य रहानेले सर्वाधिक ६० रन बनाए भने ओपनर शिकार धवनले पनि ५४ रनको पारी खेले । दोश्रो ओभरमा नै ओपनर शिकार धवनलाई गुमाएर खराब सुरुवात गरेको दिल्लीको लागि धवन र रहानेले दोश्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै जित तर्फ लिएर गए ।

४१ बलमा छ चौका प्रहार गरेका धवन, ४६ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका रहाने तथा कप्तान श्रेयस ऐयर सात रन बनाएर पेभेलियन फर्किए पनि रिशब पन्त र मार्कस स्टोइनिशले अविजित रहँदै क्रमश आठ र १० रन जोड्दै दिल्लीलाई जित दिलाए ।

बेंगलोरका शाहबाज अहमदले सर्वाधिक दुई विकेट लिए भने मोहम्मद सिराज र वाशिंगटन सुन्दरले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि शेख जायद रंगशाला, अबुधबीमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १५२ रन बनायो ।

बेंगलोरको तर्फबाट ओपनर देवदत्त पडिकलले सर्वाधिक ५० रन बनाए । ४१ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । पडिकल बाहेक एबी डि भिलियर्सले २१ बलमा ३५ रन, बिराट कोहलीले २९ रनको योगदान दिए ।

दिल्लीका एनरिच नोर्ट्जेले सर्वाधिक तीन तथा कागिसो रबडाले दुई विकेट हात पारे ।

दिल्लीले यस अघि भएको पहिलो लेगमा पनि बेंगलोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाएर १९६ रनको विशाल योगफल खडा गर्यो भने जवाफी ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १३७ रन मात्र बनाउन सक्यो ।

दिल्लीलाई बेंगलोरले सन् २०१९ को सिजनमा पनि पराजित गर्न सकेको थिएन । अघिल्लो सिजन दुई खेल खेल्दा दिल्लीले दुबैमा जित हात पारेको थियो । बेंगलोर दिल्लीसँग पहिलो लेगमा चार विकेटले तथा दोश्रो लेगमा १६ रनले पराजित गरेको थियो ।

Click to comment

Trending