IPL

दिल्ली विरुद्ध बेंगलोर पहिले ब्याटिङमा, आज जित्ने टोली प्ले-अफमा

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले-अफमा पुग्ने लक्ष्य सहित दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पहिले फिल्डिङ गर्ने भएको । शेख जायद रंगशाला, अबुधबीमा दिल्लीका कप्तान श्रेयस ऐयर टस जितेर बेंगलोरलाई ब्याटिङ गर्न लगाएका हुन् ।

आजको खेलमा दिल्लीले तीन तथा बेंगलोरले दुई परिवर्तन गरेको छ । दिल्लीले आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई सुरुवाती ११ मा स्थान दिएको छैन ।सन्दिप यस सिजन एक खेल पनि नखेली फर्कने संघारमा छन् ।

समान १३-१३ खेल खेलेका बेंगलोर र दिल्ली १४-१४ अंक रहे पनि नेट रन रेटका आधारमा क्रमश अंक तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पार्ने टोलीले अंक तालिकामा दोश्रो स्थान हात पार्दै प्ले-अफमा स्थान बनाउने छ भने हार्ने टोलीले प्ले-अफमा स्थान बनाउन मुम्बई इन्डियन्स र सनराईजर्स हैदराबाद बीचको खेल कुर्न पर्ने हुन्छ ।

अघिल्लो नौं खेलमा सात जित हात पारेको दिल्लीले पछिल्लो चार मध्य चार खेलमा नै पराजय भोगेको छ । बेंगलोरले पछिल्लो चार खेल मध्य एक खेलमा मात्र जित निकाल्न सकेको थियो भने लगातार तीन खेलमा पराजित हुन पुगेको थियो ।

दिल्लीले यस अघि भएको पहिलो लेगमा बेंगलोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाएर १९६ रनको विशाल योगफल खडा गर्यो भने जवाफी ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १३७ रन मात्र बनाउन सक्यो ।

दिल्लीलाई बेंगलोरले सन् २०१९ को सिजनमा पनि पराजित गर्न सकेको थिएन । अघिल्लो सिजन दुई खेल खेल्दा दिल्लीले दुबैमा जित हात पारेको थियो । बेंगलोर दिल्लीसँग पहिलो लेगमा चार विकेटले तथा दोश्रो लेगमा १६ रनले पराजित गरेको थियो ।

Click to comment

Trending